आँखाभित्र मासु पलाएको छ ? यस्तो मासुले कसरी दृष्टि गुम्छ ? (भिडियो सहित)



Download our app to get more features

आँखा शरीरकोे महत्वपूर्ण र संवेदनशिल अंग हो । आँखामा समस्या आउँदा वा दृष्टि गुम्दा हामी बाहिरी संसार देख्नबाट बञ्चित हुन्छौं । आँखामा देखिने विभिन्न समस्याप्रति बेलैमा सजग नहुँदा धेरैले दृष्टि गुमाएका उदाहरण प्रशस्तै छन् । जसमध्ये एक हो, आँखा भित्र आउने Pterygium वा सानो मासुको डल्ला । यस्तो मासुको डल्ला किन आउँछ र बच्न के गर्ने ? नेत्र रोग विशेषज्ञ डा.प्रेरणा कंसाकार ... 

आँखा निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो । सानो असावधानी वा बेवास्ताले जीवनभर दृष्टिविहीन भएर जिउनु पर्ने हुनसक्छ । यसकारण  पनि आँखाको हेरचाहमा हर क्षण सचेत हुनुपर्छ । आँखामा आउने धेरै समस्या मध्ये एक हो , आँखाको नानी वरिपरीको भागमा (Pterygium) मासु पलाउनु । 

यस्तो मासु पलाउने कारण :
धेरै कारणले आँखामा यस्तो मासु पलाउँछ वा दृष्टिमा समस्या आउँछ  । यद्यपी यस्ता कारण प्रमुख छन । 
१. बढी धुँवाधुलो ।
२. सूर्यको किरणमा बढी बस्ने ।
३. चिसो वा तातो एसीमा बढी समय बस्नु ।
४. आँखा सुख्खा हुनु ।
५. वंशाणुगत गुण ।

लक्षणहरु :
१.आँखा चिलाउने ।
२.आँसु आइरहने ।
३. आँखा रातो हुने ।
४.थोरै मात्र धुँवा धुलो हुँदा पनि रातो हुने, दुख्ने ।
५.मासु पलाएको लामो समय भए दृष्टिमा कमी आउने ।
६.कुनै पनि बस्तु हेर्दा तलमाथि एकै चोटी सानो ठुलो देखिने ।

यस्ता मानिस बढी जोखिममा :
१.लामो समय सूर्यको विकरणमा काम गर्ने ।
२.माझी, कृषक तथा युवाहरु ।

उपचार पद्धति :
यस्तो मासु २ मिलिमिटर भन्दा बढेर नानी मै  छोयो भने शल्यक्रिया गरेर नै फ्याल्नु सबैभन्दा उत्तम हुन्छ । 

उपचार ढिलो गरे यस्तो जोखिम :
मुलत : कुनै पनि रोग लाग्न नदिनुनै राम्रो । यदि रोग लागि हाले पनि बेलैमा उपचार गर्नु पर्छ । यस्तै आँखाको नानी वरपर मासु पलाउँदा पनि ढिला उपचार ग¥यो भने यस्तो मासु पूर्ण रुपमा नजान सक्छ त्यस मानि मासु हटे पनि दाग रहछ । यस अर्थ देखाई कम त हुन्छ नै हेर्दा पनि नराम्रो भएर सौन्दर्यमा कमी आउँछ ।

यस्तो मासुबारे भ्रम :
अधिकांश मानिसमा भ्रम छ की यस्तो मासु नङ काटे जस्तै हो । एकपटक काटेर फ्याले पनि पुन: दोहोरी रहन्छ । यस्तो हैन् यो मासु विशेषज्ञद्धारा उपचार गरेर निको पार्दा दोहोरिने सम्भावना अतिनै न्युनः हुन्छ । यस्तो समस्या देखिए अनुमानको भरमा औषधि राख्नु अति हानीकारक हुनसक्छ । विशेषज्ञ चिकित्सककोमा बेलैमा उपचार गरे पूर्ण रुपमा निको पार्न सकिन्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-06-18 15:22:00

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts