दाङमा आइतबारदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा



Download our app to get more features

दाङ, १२ भदौ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दाङमा भदौ १४ गतेदेखि २१ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ । 

जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि निषेधाज्ञा गर्न समुदायस्तरबाट नै दवाव बढेपछि यस्तो निर्णय गरिएको हो ।
 
जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन समितिका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले भदौ १४ गते राती १२ बजेदेखि २१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।  

निषेधाज्ञाको समयमा अति आवश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन । समितिको निर्णय अनुसार यातायात, बजार, व्यापार, मेला  महोत्सव, भेला, सभा, भिड बढाउने कुनै पनि किसिमका गतिविधि गर्न पाइने छैन ।

समितिको बैठकले २१ गतेपछि पनि जिल्लाको अवस्था हेरेर जिल्ला प्रशासन कार्यालय दाङले एक हप्ता थप निषेधाज्ञा गर्नसक्ने समेत निर्णय गरेको छ  । 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts