आँखाको समस्यालाई लापरवाही नगरौं (भिडियो सहित)

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ चैत्र । मानिसको शरीरको महत्वपूर्ण अंगको रुपमा आँखालाई पनि लिइन्छ । आँखालाई मानिसको सौन्दर्यसँग पनि जोडेर हेर्ने भएकाले यो बिना सुन्दर संसारको परीकल्पन गर्न सकिँदैन । तर सानो लापरवाहीले हामीले आँखामा विभिन्न समस्या भोग्नुपर्ने मात्र नभई आँखाको ज्योति नै गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । मौसम परिवर्तनसँगै आँखामा विभिन्न समस्याहरु देखा पर्छन् । 


आँखामा सानो तिनो समस्या देखिएपनि चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उपचार गर्नुपर्छ । मौसम परिवर्तन हुँदा सामान्य समस्या देखिएपनि बेलैमा उपचार नगरे व्याक्टेरियाको प्रभाव बढेर आँखामा ठुलो समस्या आउने चिकित्सकहरु बताउँछन् । गर्मीयाममा बढी धुलो उड्ने र हावाहुरी चल्ने भएकाले आँखामा विभिन्न समस्या देखापर्ने आँखा रोग विशेषज्ञ डा.रमेशबहादुर प्रधानले बताए । 

 

धुलोको कारणले आँखा रातो हुने मात्र नभई कोष चिलाउने, धागोजस्तो चिप्रा बस्ने र आशु बग्नेलगायतका समस्या देखापर्ने चिकित्सकहरुको भनाई छ । आँखामा देखिएको संक्रमण सहज अर्को व्यक्तिमा सर्ने भएकाले बिरामीले चस्माको प्रयोग गरेर संक्रमण फैलन नदिन चिकित्सकहरुले सुझाव दिएका छन् । यस्तै संक्रमित बिरामीले धेरै मानिसको चाप हुने स्थानमा जान नहुने  चिकित्सकहरुको भनाई छ । 


धुलोमा हिड्दा वा घर बाहिर काम गर्दा आँखालाई संक्रमणबाट बचाउन चस्माको प्रयोग गर्न सकिन्छ । यस्तै जथाभावी आँखालाई हातले छोएमा पनि समस्या आउने चिकित्सकहरु बताउँछन् ।
दिनहुँ सफा पानीले आँखा धुने गरेमा संक्रमण हुनबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन् ।  

 

Last modified on 2016-03-18 16:27:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts