थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, २८ जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, ८ असोज । नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ५ महिला र १२ जना पुरुष गरि थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङकी ५५, सुनसरीकी ८१, भक्तपुरकी ७३, काठमाडौंकी ८२, धादिङकी ३२ वर्षीया गरि ५ जना महिलाहरु रहेका छन् ।

यस्तै झापाका ७८, धनुषाका ६८ र ७०, भक्तपुरका ८४, काठमाडौंका ७५, ७९ र ८० गरि ३ जना, तनहुँका ३९, दाङका ३९, कपिलवस्तुका ५० र नवलपरासीका ५५ वर्षीय गरि १२ जना पुरुषहरुको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ६४ प्रतिशत रहेको छ ।

यस्तै हाल नेपालभर २ सय ३२ जना कोरोना संक्रमितहरुको उपचार आईसीयूमा भइरहेको छ भने २८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts