घरमै पाइने यी हुन् प्राकृतिक एन्टिबायोटिक



Download our app to get more features

आधुनिक प्रविधिको द्रुततर विकास र सामाजिक चेतनाको अभिवृद्धिसँगै स्वास्थ्य सचेतनामा आममानिसको धारण निकै फेरबदल भइरहेको छ । एलियोप्याथिक उपचार पद्धतिमा निरन्तर बानी परेको वर्तमान समाज आयुर्वेदिक चिकित्सा पद्धति त्यति जानकार छैनन् । यद्यपि, पछिल्लो समय प्राकृतिक आयुर्वेदिक चिकित्सा पद्धतिप्रति रुची राख्ने समूह पनि बढ्दै गइरहेको छ । 

बजारमा पाइने ‘एन्टिबायोटिक’ औषधिको विभिन्न साइड इफेक्ट हुन्छन् । तर, तिनको सट्टा प्राकृतिक रुपमै पाइने विभिन्न खानेकुराले कुनै साइड इफेक्ट नगरि एन्टिबायोटिकले जस्तै काम गर्छन् । यिनीहरूमा एन्टिबायोटिकको मात्रा कम हुनाले ढिलो प्रभाव गर्ने भए पनि शरिरमा रोगसँग लड्ने शक्ति बढाउन मद्दत गर्छन । जुन हामीले दैनिक जिवनमा प्रयोग गरिरहेका पनि हुन्छौ ।

लसुन: लसुनमा ‘एलिसिन’ नामक एक तत्व पाइन्छ जसले मुटुमा हुने समस्याबाट हामीलाइ बचाउँन मद्दत गर्छ । खाली पेटमा एक केस्रा लसुनलाई महमा मिसाएर खाँदा निकै फाइदा हुन्छ ।

मह : महमा पाइने ‘एन्टिओक्सिडेन्ट्स’ले हामीलाई संक्रमण हुनबाट बचाउँछ । कागती पानीमा थोरै मह घोलेर पिउँदा फाइदा हुन्छ ।

दालचिनी : यसमा ‘सिनेमेल्डिहाइड’ पाइन्छ, जसले शरिरभित्र हुने खराब पदार्थ अर्थात टक्सिनलाई हटाउन मद्दत गर्छ । दालचिनीलाई तरकारीमा मसलाको रुपमा वा चियामा हालेर पिउँदा पनि फाइदा हुन्छ ।

बेसार : बेसारमा पाइने ‘करक्यूमिन’ले शरिरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँन सहयोग पुर्याउँछ । बेसारलाई तरकारीमा हालेर पकाउनुको बाहेक दुध वा पानीमा हालेर पिउँदा पनि फाइदा हुन्छ । ब्याक्टेरियल इन्फेक्सन भएर घाँटी दुखेको बेलामा एक चम्चा बेसार मुखमा हालेर दुध वा पानीले निल्दा निकै फाइदा गर्छ । 

सुन्तला : सुन्तलामा पाइने भिटामिन सी ले पनि रोग प्रतिरोधक क्षमता बढाउँन मद्दत गर्छ ।

तुलसी : यसमा पाइने ‘एन्टिआक्सिडेन्ट्स’ले मुटु सम्बन्धी समस्याबाट हामीलाई बचाउँछ । तुलसीको पात खाने वा चियामा हालेर पिउँदा पनि फाइदा हुन्छ ।

अदुवा : अदुवामा पाइने ‘जिन्जेरोल्स’ले क्यान्सरबाट बचाउँन सहयोग गर्छ । अदुवालाई तरकारीमा मसलाको रुपमा वा चियामा हालेर पिउन सकिन्छ ।

हरियो धनियाँ : यसमा पाइने ‘एन्टिओक्सिडेट्स’ले मधुमेहबाट बचाउन मद्दत गर्छ । धनियाँको जुस बनाएर वा अचार वा तरकारीमा हालेर खान पनि सकिन्छ ।

रातो खुर्सानी : यसरमा पाइने ‘केप्सिसिन’ले पनि रोगसँग लड्ने क्षमतालाई बढाउँन सहयोग गर्छ । हरियो खुर्सानिमा हुने भिटामिन सीले पनि रोगसँग लड्ने क्षमता बढाउँछ । 

प्याज : प्याजमा पाइने ‘एन्टीबायोटिक, एन्टी इन्फ्लेमेटरी’ले जोर्नी दुख्ने समस्याबाट बचाउन मद्दत गर्छ । प्याजलाई सलाद बनाएर वा तरकारीमा हालेर खान सकिन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts