लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा खनालमा कोरोना पुष्टि



Download our app to get more features

रुपन्देही, ८ असोज । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालमा कोरोना संक्रमण पुष्टि भएको छ । 

खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेसनमा बस्न र लक्षण देखिए पिसिआर परीक्षण गराउन आग्रह समेत गरेका छन् ।
 
उनले अस्पतालमा आम नागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै आफु छिट्टै निको भएर पुनः सेवामा फर्किने बताएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts