भरतपुर क्यान्सर अस्पताल २१ औं वर्षमा प्रवेश



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

चितवन, १० असोज । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल २१ वर्षमा प्रवेश गरेको छ । 

शनिवारदेखि अस्पताल २० वर्ष पूरा गरी २१ वर्ष प्रवेश गरेको हो । अस्पतालले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवसँगै १६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस समेत मनाएको हो ।

vayoda

Hamro Doctor Apps2

कार्यक्रममा बोल्ने वक्ताहरूले समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने बताएका छन् । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिने उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिने हो भने ४० प्रतिशत क्यान्सरको रोगी घटाउन सकिने उनीहरुको सुझाव छ । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, उपनिर्देशक डा कृष्णसागर शर्मा, पूर्वकार्यकारी निर्देशक डा विजयचन्द्र न्यौपानेलगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरपारी कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ । कोरोना कहरकाबीच जुम एप मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल प्रमुख अतिथि रहेका सो कार्यक्रम अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Hamro Doctor
Last modified on 2020-09-26 17:35:21

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts