चितवनमा सक्रिय संक्रमितको संख्या ९ सय ८८, दुई तिहाई संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

चितवन, १० असोज । चितवनमा हाल ९ सय ८८ जना संक्रिय संक्रमित रहेका । सक्रिय संक्रमित मध्ये दुई तिहाई होम आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार शनिवार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमित ९ सय ८८ जना छन् । त्यसमध्ये ६ सय ५८ जना होम आइसोलेसन र ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

जिल्लामा संक्रमितको संख्या एक हजार सात सय ५२ जना पुगेको छ । जसमध्ये अहिलेसम्म ७ सय ४६ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमणमुक्त भएका छन् ।

भरतपुर महानगरपालिकामा सबैभन्दा बढी संक्रमित छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकाका एक हजार ८८ जना संक्रमित मध्ये ४ सय ३१ जना निको भएका छन् ।

त्यसैगरि रत्ननगर नगरपालिकामा २ सय ७९ संक्रमित मध्ये एक सय १ जना निको भएका छन् । राप्ती नगरपालिकामा १ सय ३२ संक्रमित मध्ये ९२ जना निको भएका छन् । खैरहनी नगरपालिकामा १ सय २३ संक्रमित मध्ये ३४ जना निको भएका छन्, कालिका नगरपालिकामा ६२ संक्रमित मध्ये २९ जना निको भएका छन् । माडी नगरपालिकामा ५६ संक्रमित मध्ये ४९ जना निको भएका छन् । त्यस्तैगरी इच्छाकामना गाउँपालिकामा १२ संक्रमित मध्ये ७ जना निको भएका छन् ।

चितवनमा संक्रमित हुनेमा महिला भन्दा पुरूष बढी छन् । अहिलेसम्म एक हजार ४६ जना पुरूष र ७ सय ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

जिल्लाका संक्रमित मध्ये हालसम्म १८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १० जना भरतपुर महानगरपालिका भित्रका छन् । जिल्लाका इच्छाकामना गाउँपालिका र माडी नगरपालिकामा अहिलेसम्म संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Last modified on 2020-09-26 17:52:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts