पर्सामा कोरोनाबाट एक स्वास्थ्यकर्मीको मृत्यु 



Download our app to get more features
Spark_health_home

पर्सा, १२ असोज । पर्सामा कोरोनाबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब रामसिकिल प्रसाद साहको मृत्यु भएको हो । 

महोत्तरी जिल्लाको मनरा नगरपालिका ७ का ५८ वर्षीय साहको उपचारकै क्रममा मृत्यु भएको हो। भदौ १९ गते  उनलाई ज्वरो, रुघा र खोकी देखिएको थियो। त्यसपछि उनले जनकपुर पुगेर उपचार सुरु गरेका थिए। स्थानीय अस्पतालमा उपचार गराउँने क्रममा झन् स्वास्थ्य विग्रिदै गएपछि उनलाई काठमाडौंको शिक्षण अस्पताल रिफर गरिएको थियो। 

vayoda

अस्पतालको आइसियुमा बेड नभएपछि करुणा अस्पताल पुर्‍याइएको थियो। त्यहाँ पुगेपछि कोरोना जाँच गर्दा उनमा पोजिटिभ देखिएको थियो। केही दिनपछि स्वास्थ्य बिग्रिएर भेन्टिलेटरमा पुगेका उनको सोमबार बिहान मृत्यु भएको स्वास्थ्यकर्मी जयमोद ठाकुरले बताएका छन्।

 

Hamro Doctor
Kathmandu Cancer Center

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts