गजेन्द्र नारायण सिंह अस्पतालमा नवजात शिशु मृत्यु प्रकरण

ड्यूटीमा खटिएकी नर्स १५ दिनका लागि निलम्बित



Download our app to get more features
Spark_health_home

सप्तरी, १८ कात्तिक । गजेन्द्र नारायण सिंह अस्पतालले नवजात शिशुको मृत्यु भएको विषयमा दोषिलाई कारबाही गर्ने निर्णय गरेको छ ।

अस्पतालका प्रमुख डा.रञ्जीत कुमार झाको नेतृत्वमा बसेको छानबिन समितिको बैठकले घटनामा दोषि ठहरिएका नर्सलाई १५ दिनका लागि निलम्बन गरेको छ ।

vayoda

सप्तरी राजविराज नगरपालिका वडा नम्बर ५ बस्ने पंकज कुमार सरकारको निवेदनमाथि छानबिन गर्न बनेको समितिले ड्यूटीमा खटिएकी स्टाफ नर्स संगिता रजकले बिरामीको तापक्रम आफै मापन नगरेर कुरुवालाई नाप्न लगाएको साथै ड्यूटी स्टेशनमा पनि अनुपस्थित रहेकाले कात्तिक १७ गतेदेखि १५ दिनका लागि निलम्बर गरिएको जनाएको छ । आगामी दिनमा यदि यस्तै कमजोरी भएमा उनको करार सेवा रद्द गरिने चेतावनी पनि दिइएको छ ।

यस्तै गाइने विभागले प्रत्येक शल्यक्रिया गर्ने केसमा बाल रोग विशेषज्ञ डाक्टरको सुझाव लिने र उपस्थिति आवश्यक भए अनिवार्य उपस्थितिका लागि आग्रह गर्ने र बच्चा जन्मिएपछि डिस्चार्ज गर्नु अगाडी कम्तिमा एक पटक बाल रोग विशेषज्ञसँग परामर्श गरेर मात्रै डिस्चार्ज गर्ने विषयमा सम्बन्धीत सबैलाई चेतावनी दिइएको छ ।

साथै ड्यूटीको समयमा कुरुवालाई झर्केर जवाफ नदिन, भाइटल आफै लिन, चिकित्सकलाई समयमा जानकारी गराई राउन्डको लिनका लागि आग्रह गर्न, आफ्नो ड्यूटी  स्टेशनमा बस्ने तथा कर्मचारीले पालन गर्नुपर्ने आचरण अनिवार्य पालना गर्न पनि आग्रह गरिएको छ ।

यता परिवारले भने अस्पतालको निर्णयप्रति असन्तुष्टि जनाएको छ । मृतकका काका पार्थो सरकारले नर्स मात्रै घटनामा दोषि नभएको र अन्य डाक्टरहरुले पनि लापरबाही गरेका कारण उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ५ की २९ वर्षीया मौसमी सरकारको असोज ३० गते शुक्रबारका दिन गजेन्द्र नारायण सिंह अस्पतालमा सफल शल्यक्रियाद्वारा प्रसुति गराईएको र उनले ३२ सय ग्रामको शिशुलाई जन्म दिएकी थिइन् । तर, अस्पतालमा एक पटक पनि बाल रोग विशेषज्ञ नआउँदा र अस्पतालका कर्मचारीको लापरबाहीका कारण शिशुको मृत्यु भएको भन्दै परिवारले छानबिनका लागि अस्पताल र नेपाल मेडिकल काउन्सिलमा उजुरि दिएको थियो ।

Hamro Doctor
Last modified on 2020-11-03 16:31:25

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts