आचार्यको स्वास्थ्यमा सुधार

What's This?


Download our app to get more features

काठमाडौं, २९ माघ ।
मस्तिष्कघातबाट पीडित कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । एक्कासी ढलेर अचेत भएपछि उहाँको गत मंगलबारदेखि न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । आचार्यलाई थोरै मात्रामा झोल पदार्थ खुवाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनी बस्न सक्ने भएपनि तत्काललाई नबोल्न चिकित्सकले सुझाव दिएका छन् ।  गत मंगलबार विहान निधन भएका कांग्रेस सभापति सुशील कोइरालालाई श्रद्धान्जली दिन महाराजगंज पुगेका आचार्य एक्कासी बेहोस भएका थिए ।

बेहोस भएका आचार्यलाई उपचारका लागि सुरुमा गंगालाल अस्पताल लगिएको थियो । मस्तिष्कघात भएको थाहा पाएपछि आचार्यलाई न्यूरो अस्पताल पुर्याइएको थियो । नेता आचार्यको उपचारमा वरिष्ठ नशाशल्यचिकित्सक डाक्टर उपेन्द्र देवकोटा  नेतृत्वको टोली सक्रिय छ । 

 

Last modified on 2016-02-12 15:18:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts