होम आइसोलेसनमा बसेका संक्रमितको रेखदेखमा स्वास्थ्यकर्मी परिचालन हुने



Download our app to get more features
Spark_health_home

काठमाडौं, २३ कात्तिक । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले होम आइसोलेसनमा बसेका वा सामुहिक आइसोलेसनमा बसेका कोरोना संक्रमितको हेरचहाका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ ।
६ महिना पहिला जनशक्ति मार्गदर्शन तयार पारेको मन्त्रालयले सो अनुसार स्वास्थ्यकर्मी परिचालन गर्न नसक्ने भएपछि पुन अर्को मापदण्ड तयार पारिएको हो । हाल तयार पारेको मापदण्डमा निजी स्वास्थ्य सस्थाले पनि अनमुती लिएर सेवा दिन पाउँने स्वास्थ्य सेवा विभाग अन्तरगतको उपचारात्मक सेवा महाशाखाका निदेर्शक डाक्टर तारानाथ पोख्रेलले हाम्रो डाक्टरन्युजसँगको कुराकानीमा बताए ।  

उनका अनुसार यो सेवाको लागि संस्थाले अनुमति पत्र दिनुपर्ने हुन्छ, त्यसको आधारमा सबै रेकर्ड राखेर प्रकृया अगाडी बढ्ने छ ।  स्थानिय तहले  स्वास्थ्य स्वयमसेविका परिचालन गरि होम आईसो लेसनमा बस्नेहरुको लागी टेलीमेडीसीन मार्फत सेवा उपलब्ध गराउने वा टेलिफोनको प्रयोग गरि विभिन्न माध्यमबाट सेवा पुर्याउने भनिएको थियो । अहिले पाईभेट सेक्टरमा काम गर्ने भए पनि नेपाल सरकारबाट सूचीकृत भएको संघ संस्थाहरु र आफ्नो काउन्सीलमा दर्ता भएका स्वास्थ्य सेवा प्रदायकहरुले पनि यो सेवा दिन पाउने कार्यविधि बनाएको डा. पोख्रेलले बताए ।

vayoda

 प्रति व्यक्ति २ देखि ३ सयको दरमा दैनिक भत्ता मन्त्रालयले उपलब्ध गराउँने छ । यसका लागि निजी अस्पतालहरुले पनि चासो देखाएका छन् । कोभिड संक्रमित दिन प्रतिदिन बढ्दै गएको अवस्थामा अस्पतालमा हुने अनावश्यक भीडभाडलाई कम गर्ने मात्रै हैन अस्पतालनै नगइ घरमा स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ तयार परोको थियो । 
महाशाखाले तयार पारेको मापदण्डले घरमा बसेका ५० संक्रमित बराबर १ स्वास्थ्यकर्मी रहने र आइसोलेसन केन्द्रमा बसेका सोही संख्या बराबर एक मेडिकल अधिकृत र २ जना सुरक्षाकर्मी दिने व्यवस्था गरेको छ । त्यस्तै २५ जना संक्रमितका लागि २ जना नर्स वा पारामेडिक्स र २ जना सरसफाई कर्मचारी हुनुपर्ने मापदण्डले स्पष्ट व्यवस्था गरेको छ । उनिहरुको सेवा अवधि १२ घण्टाको हुने छ । 

६ महिना अघि स्वास्थ्य मन्त्रालयले तयार पारेको मार्गदर्शनमा होम आइसोलेसनमा रहेका व्यक्तिहरुसंग सम्पर्क, समन्वय, आवश्यक स्वास्थ्य सल्लाह प्रदान तथा उद्धार गर्नका लागि प्रत्येक वडामा पारामेडिक १, नर्सिङ्ग स्टाफ १, स्वास्थ्य परिचारिका २ र सहयोगी १ जना खटाउने भनिएको थियो । यता सामुहिक आइसोलेसनका लागि पारामेडिक ४, नर्सिङ्ग स्टाफ ४, मेडकल अफिसर १ र सहयोगी १ जना हुने व्यवस्था गरेको थियो । उनले हरेक आइसोलेसन केन्द्रमा स्टेथेस्कोप, थर्ममिटर, वीपी सेट, पल्स अक्सिमिटर, टर्चलाइट र जाँचका लागि चाहिने अक्सिजन सिलिण्डर राख्नुपर्ने बताए ।

Hamro Doctor
Last modified on 2020-11-08 13:03:25

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts