राप्ती प्राविधिक शिक्षालयमा रहेको आईसोलेसन सेन्टर बन्द हुने



Download our app to get more features

दाङ, २३ कात्तिक । दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको एकमात्र कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर आगामी मंसिर १ गतेवाट बन्द हुने भएको छ । 

हालसम्म चार पालिकाका २ सय ५५ जना कोरोना संक्रमितलाई आईसोलेट गरि २ सय ४६ जनालाई डिसचार्ज गर्दैै हाल ९ जनामात्र रहेको आईसोलेसन सेन्टर बन्द हुने भएको हो  ।

राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाट दाङमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन रहेको कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको हिउँदे अधिवेसन तयारीको लागि आवश्यक पर्ने भएकोले चार वटै स्थानीय तहले आ आफ्नो पालिकामा आईसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर बन्द गर्ने निर्णय गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

कोरोना विशेष देउखुरी आईसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदी अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, लमहि नगरपालिका उपाध्यक्ष देवका बेलवासे, गढवा र राजपुर गाउँपालिकाहरु अध्यक्ष शहजराम यादव, लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेत लगायत उपस्थित बैठकले सो निर्णय गरेको हो । 

राप्ती गाउँपालिका, लमहि नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरुको संयुक्त लगानिमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च  विवरण आईसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितिमा सावर्वजनिक गर्ने र सोको व्ययभार चार पालिकाले वहन  गर्ने  निर्णय समेत गरिएको छ ।

बैठकले कोरोना विशेष देउखुरी आईसोलेन सेन्टरमा खटिएका नेपाली सेना, स्वास्थ्यकर्मी ,अन्य कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद दिँदै कोरोना संक्रमण वाट बच्नका लागि सबैले सचेतना अपनाउन पर्ने र यदि जो कोहिलाई कोरोना संक्रमण भएमा चार वटै पालिकाले रेखदेखलाई निरन्तरता दिँदै जाने समेत निर्णय गरिएको छ ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts