अल्का अस्पतालले शुरु गर्यो पिसिआर परीक्षण, अमेरिकी अपकरण र किट प्रयोग



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

ललितपुर, ३ मंसिर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले कोरोनाका लागि पिसिआर परीक्षण शुरु गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएर अल्का अस्पतालले पिसिआर परीक्षण शुरु गरेको हो। 

सरकारले तोकेको मापदण्ड र उपकरण मगाएर परीक्षण शुरु गरिएको अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले जानकारी दिए। अल्का अस्पतालले मलेकुलर ल्याव युएसएफडिए सर्टिफाइड मेसिन र किट प्रयोग गरी पिसिआर परीक्षण सुरु गरिरहेको छ। ल्यावमा अनुभवि डाक्टरहरुको टिम रहेको छ।  

vayoda

परीक्षण सुरु गरेपछि अल्का अस्पतालले घरमा तथा अफिसहरुमा गएर पनि स्वाव संकलन गरिरहेको छ। सुरक्षा सावधानी अपनाएर हामीले घर वा अफिसहरुमा गएर पनि स्वाव संकलन गरिरहेका छौं, पोखरेलले भने।

पिसिआर परीक्षणको रिपोर्ट अल्का अस्पतालले २४ घण्टाभित्रै उपलब्ध गराउँदै आएको छ। अल्का अस्पताल २०६२ सालमा  स्थापना भएको हो। ललितपुरकै जावलाखेलमा २०५२ सालमा अल्का फार्मेसी संचालनमा ल्याउनुभएका कुमार थापाले सेवा विस्तार गर्दै अस्पताल खोलेका हुन।

२०५७ सालमा अल्का पोलिक्लिनिक र त्यसको ५ वर्षपछि २०६२ साल अल्का अस्पतालले संचालन अनुमति पाएको थियो।

अल्का अस्पतालले उपचारका नयाँ नयाँ पद्धतिसमेत भित्र्याउँदै आइरहेको छ। अल्का अस्पतालसँग कटिङ्क एज टेक्नोलोजी छ। अप्रेसन गर्नका लागि आएका नयाँ नयाँ उपकरण भित्र्याएको छ।

अल्का अस्पतालले अहिले टेष्ट ट्युव वेवी सेवा, प्रसुति सेवा तथा महिला रोग विशेषज्ञ, डाइवेटिज, बालरोग, मुटु रोग तथा त्यसका सम्पुर्ण परीक्षण, नशा सम्बन्धि, जनरल फिजिसियन, बाथ, यौन तथा छालारोग विशेषज्ञ, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा रोग, नाक, कान घाँटी, दाँत रोग विशेषज्ञ, युरोलोजिष्ट, कलेजोरोग विशेषज्ञ, एनेस्थेसिया लगायतका सेवा दिदैँ आइरहेको छ।
 

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts