ओम आस्पतालमा स्पाईन सर्जरी सुरु

What's This?


Download our app to get more features

काठमाण्डौं, चैत्र ७ । ओम आस्पताल एण्ड रिसर्च सेन्टरले स्पाईन सर्जरी संचालनमा ल्याएको छ । पछिल्लो समय अधिकांस मानीसहरुमा ढाड, गर्दन दुख्ने लगायतका समस्या देखिन थालेपछि बिरामीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर स्वाइन सर्जरी संचालनमा ल्याएको अस्पतालका अध्यक्ष डा. भोला रिजालले बताए ।

स्पाइन सर्जन डा. गौरवराज ढकालले स्पाईन सर्जरीको ओपिडी सेवा आइतबारबाट संचालनमा आएको हो । स्पाईन सर्जरी सुरु भएको उपलक्ष्यमा अस्पतालले आजबाट ७ दिन बिरामीहरुलाई निशुल्क सेवा दिने डाक्टर रिजालले बताए ।

नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ । ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेको डा. ढकालले बताए ।

अध्यक्ष रिजालले भने मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी महँगो पद्धति भएपनि आफूहरु स्पाइन सर्जरीका लागी आवश्यक पर्ने चार्ज मात्रै लिने जानकारी दिए ।

 

Last modified on 2016-03-20 19:01:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts