चारवटा ल्याबलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।

कोभिड१९ को पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

vayoda

यी अस्पतालमा पिसिआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

त्यो  पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनको आधारमा ती अस्पताललाई स्पटीकरण सोधिएको छ । 

Hamro Doctor
Last modified on 2020-11-22 17:08:16

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts