कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिए पोजेटिभ रिपोर्ट दिन मन्त्रालयको निर्देशन



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, ७ मंसिर । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले सबै ल्याबहरुलाई कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ वा नेगेटिभ नछुट्टिएमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन निर्देशन दिएको छ।

मन्त्रालयले सबै प्रयोगशालालाई कोरोना परीक्षण गरी रिपोेर्ट दिँदा पोजिटिभ वा नेगेटिभ मात्र रिपोर्ट दिने गरेको पाइएको भन्दै इनकन्क्लुसिभ रिपोर्ट आएमा पनि त्यसलाई पोजेटिभ मानी रिपोर्ट दिन निर्देशन दिएको हो।

vayoda

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना परीक्षण गर्दा पोजेटिभ वा नेगेटिभ भनी नछुट्टिएको खण्डमा पनि पोजेटिभ रिपोर्ट दिन भनिएको बताए।

उनले पहिला पनि त्यसरी पोजेटिभ वा नेगेटिभ छुट्टिएन भने पोजेटिभ रिपोर्ट दिनु भनेको तर धेरै प्रयोगशालालाई अन्योल भएको पाइएकाले फेरि इनकन्क्लुसिभ रिपोर्ट आए पनि पोजेटिभ रिपोर्ट दिन भनिएको जानकारी दिए । 

पर्यटन मन्त्रालयले नेपालका स्वीकृत प्राप्त ल्याबमा अस्पतालमा पिसिआर जाँच गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्ति सम्बन्धित देशमा जाँच गर्दा पिसिआर जाँच पोजेटिभ आएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो।

उक्त पत्र आएपछि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा स्थलगत छानविन समिति गठन गरेको थियो।


 

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts