'भिटामिन डी'ले घटाउँछ क्यान्सरको खतरा, कम तौल भएकालाई बढी फाइदाः अध्ययन



Download our app to get more features

एजेन्सी, ८ मंसिर । मानव शरीरका लागि विभिन्न तत्वहरुको आवश्यकता हुन्छ, रोगहरुबाट जोगिनका लागि । तीनै मध्येको एक हो भिटाभिन डी । हालै गरिएको एक अध्ययनमा  भिटामिन डीले क्यान्सर जस्तो रोगबाट जोगाउनमा उपयोगी रहेको पत्ता लागेको छ । भिटामिन डीको पूर्तिले शरीरमा एडभान्स क्यान्सरको खतरा १७ प्रतिशतसम्म कम हुने गरेको अध्ययनमा उल्लेख गरिएको छ । भिटामिन डी सप्लीमेन्टको प्रयोग गर्ने मानिसहरु र सामान्य तौल भएको मानिसहरुमा रोगको जोखिम अन्यको तुलनामा कम हुन्छ ।
 
त्यतिमात्र नभई कम बीएमआई (बडी मास्क इन्डेक्स) वा सामान्य तौल भएको मानिसमा क्यान्सरको खतरा ३८ प्रतिशतसम्म कम रहेको बताए । यानी भिटामिन डी कम तौलभएका मानिसमा ३८ प्रतिशत र समग्रमा मानिसमा १७ प्रतिशतसम्म कम क्यान्सरको खतरा रहेको अध्ययनमा भनिएको छ । 
 
ब्रिघम एन्ड वूमेन्स हस्पिटल (बस्टन) को यस अध्ययनमा जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित गरिएको छ । २०१८ मा वैज्ञानिकहरुले दावी गरेका थिए कि भिटामिन डी शरीरमा क्यान्सरका कोषलाई विकास हुनबाट रोक्न सक्दैन । तर, क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई कम गर्छ । 

अध्ययनका प्रमुख अध्ययनकर्तामध्येका एक पलेट च्याडलरका अनुसार भिटामिन डी सजिलै उपलब्ध हुन सक्ने सप्लीमेन्ट हो । अध्ययनमा सामान्य तौल भएका मानिसमा क्यान्सरको जोखिम हुने गरेको पत्ता लागेको उनको भनाइ छ । भिटामिन डी र एडभान्स क्यान्सरको सम्बन्धमा नयाँ जानकारी फेला परेको पनि उनले बताए ।

सल्मन र टुना फिश खानाले पनि भिटामिन डीको कमी पूरा हुने गर्छ । यदि तपाईंलाई माछा खान मन छैन वा माछा खानु हुँदैन भने तपाईं अण्डापनि खान सक्नु हुन्छ भिडामिन डीका लागि । 

भिटामिन डीको कमी भएको अवस्थामा जागर पनि खान सकिन्छ । अण्डाको पहेँलो भाग, च्याउ, सोया मिल्क, गाजर वा सुन्तलाको जुसपनि भिटामिन डीको राम्रो स्रो हुन सक्छ । चिसो मौसममा घाममा शरीरलाई तताउनुपनि फाइदाजनक हुन सक्छ । यसले छाला सम्बन्धी रोगलाई पनि कम हुन सक्छ ।

कड लिभर तेलमा पनि भिटामिन डी पर्याप्त मात्रामा हुन्छ । यसले हड्डिमा हुने कमजोरीलाई पनि हटाउँछ । वृद्धाअवस्थामा हुने अस्टोपरोसिसको समस्यालाई पनि कम हुन्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts