काठमाडौंको कान्तिपुर डेन्टल कलेजको सेवा चितवनमा पुनः संचालनमा



Download our app to get more features

चितवन, २४ मंसिर । काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको शाखा चितवनमा पुनः संचालनमा आएको छ । नारायणगढ पुल्चोकमा रहेको कान्तिपुर डेन्टल सेन्टरबाट सेवा पुनः संचालनमा आएको हो ।

दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस कलेजले काठमाडौंको सेवा चितवनमा दिने उद्देश्यले पुनः संचालनमा ल्याइएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । कान्तिपुर डेन्टल सेन्टर चितवन शाखा वि.सं.२०६० सालमा स्थापना भएको हो ।

बीचमा केही वर्ष अन्य व्यक्तिले सञ्चालन गरेको भएपनि अब नयाँ व्यवस्थापनका साथ उच्चस्तरीय सेवा दिने उद्देश्यले काठमाडौंको कान्तिपुर डेन्टल कलेजले नै गत बिहीवारदेखि पुनः संचालनमा ल्याएको उनले बताए । अहिले जाडोयाममा बिहान ९ बजेदेखि साँझ साढेपाँच बजेसम्म आधारभूत दन्त चिकित्सा सेवा प्रदान गरिने उनले जानकारी दिए । आवश्यकता अनुसार विज्ञ सहितको अन्य दन्त विशेषज्ञ सेवा समेत उपलब्ध रहेको उनले जनाए ।

चितवनमा उपचार गर्न सम्भव नभएमा आवश्यकता अनुसार काठमाडौंमा लगेर भएपनि उपचार गरिने उनले बताए । नेपालमा दन्त स्वास्थ्य सम्बन्धी उपाचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको अभाव भएको महसुस गरेर नै कान्तिपुर डेन्टलको स्थापना गरिएको अध्यक्ष डा. श्रेष्ठको भनाइ छ ।

हामीले मुख तथा दन्त रोगलाई वेवास्ता गर्दा धेरै प्रकारको रोग लाग्न सक्छ । नेपाली जनमानसले यसबारेमा अझै बुझिसकेका छैनन् । विज्ञका अनुसार यसबाट मुटु, पाचन प्रणाली, मधुमेह, गर्भवती महिला र बच्चालाई प्रत्यक्ष रुपमा असर पु¥याउँने गर्दछ ।

 

Last modified on 2020-12-09 21:39:33

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts