क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरलाई घुम्ती बस सहयोग, बसभित्रै रक्तदानका गर्न सकिने



Download our app to get more features

चितवन, ४ पुस । भरतपुरस्थित क्षेत्रीय रक्त सञ्चार केन्द्रलाई रक्त सङ्कलन गर्न घुम्ती बस सहयोग प्राप्त भएको छ । 

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले भरतपुरमा एक कार्यक्रमकाबीच शुक्रवार सो बस हस्तान्तरण गरेको हो । 

vayoda

सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो र उपाध्यक्ष डा. बद्रि केसीले भरतपुर महानगर प्रमुख रेनु दाहाललाई संयुक्त रूपमा बसको साँचो हस्तानान्तरण गरेका थिए । त्यसपछि महानगर प्रमुख दाहालले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेललाई सो साँचो हस्तानान्तरण गरेकी थिइन् ।

भन्सार र कर छुटबाहेक भारतीय रु ३५ लाखमा सङ्घले बस खरिद गरेको केन्द्रका प्रमुख पौडेलले जानकारी दिए । रक्तदानका लागि आवश्यक पर्ने अत्याधुनिक सुविधा सम्पन्न उपकरण जडान गरिएको सो बस वाग्मती प्रदेशमै पहिलो रहेको बताइएको छ ।

बसभित्रै घुम्ती रक्तदानका कार्यक्रम गर्न सकिने सो बसभित्र रक्तदान गर्ने, प्रेसर नाप्ने र रक्त सङ्कलनपछि राख्न आवश्यक पर्ने फ्रिज जस्ता उपकरण जडान गरिएको छ ।

बस उपलब्ध गराउन भरतपुर महानगरपालिकाले गैर आवासीय नेपाली सङ्घसँग समन्वय गरेको थियो ।
 

Hamro Doctor
  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts