भरतपुर कोभिड–१९ प्रयोगशालामा ३६ हजारभन्दा बढीको कोरोना परीक्षण

५ सय ९७ जनाको उपचार गरियो



Download our app to get more features

चितवन, ५ पुस । चितवनस्थित भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा अहिलेसम्म ३६ हजार भन्दा बढीको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ ।

शनिवार दिउँसोसम्म ३६ हजार एकसय ५८ वटा नमुनाको आरटी पिसिआर प्रविधिबाट स्वाब परीक्षण गरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । 

उनका अनुसार अहिलेसम्म भरतपुर अस्पतालमा पाँच सय ९७ जना संक्रमितको उपचार गरिएको छ । जसमध्ये चार सय १२ जना चितवन जिल्लाका छन् । बाँकी एकसय ८५ जना भने १३ वटा अन्य विभिन्न जिल्लाका बिरामी रहेका छन् । उपचारपछि अहिलेसम्म पाँच सय ३२ जना निको भएर घर फर्किसकेका छन् । 

पौडेलका अनुसार अस्पतालमा अहिले १७ जना संक्रमित उपचाररत रहेका छन् । अस्पतालमा उपचार गराउन आएका संक्रमित मध्ये शनिवारसम्म ४८ जनाको मृत्यु भएको उनले बताए ।

यस्तै स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार शनिवार दिउँसोसम्म जिल्लाभर ६ हजार एकसय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म पाँच हजार ७ सय २४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, जिल्लामा शनिवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ३ सय ६४ रहेको छ । त्यसमध्ये ३ सय २१ जना होम आइसोलेसन, २० जना संस्थागत आइसोलेसन र २३ जना अस्पताल भर्ना भई उपचाररत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका संक्रमित मध्ये शनिवारसम्म एकसय जनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ६ प्रतिशत हो । मृत्यु हुनेमा ६० जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ४० जना जिल्लाका अन्य पालिकाका छन् ।

चितवनमा भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा गरी तीनवटा प्रयोगशालामा स्वाब आरटी पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण गर्दै आएको छ ।

Last modified on 2020-12-20 08:08:09

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts