नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजारभन्दा बढी, थप ७ सय ५० स्वस्थ



Download our app to get more features
Happy new year 2021

काठमाडौं, १८ पुस । नेपालमा थप ४ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ हजार पिसिआर परीक्षण गर्दा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार द्ध स य ३९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा कोरोनाका कारण संक्रमित भएकामध्ये थप ७ सय ५० जना स्वस्थ भएका छन् । मन्त्रालयको अद्यावधिक विवरण अनुसार योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ पुगेको छ । यो दर कुल संक्रमितको ९७ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय रहेको छ भने ३ सय ६७ जना क्वारेन्टाइनमा रहेका छन् ।

Hamro Doctor
Last modified on 2021-01-02 16:27:09

Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts