चिकित्सा शिक्षा आयोगले थप्यो स्वमूल्यांकन फारम भर्ने म्याद



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, १ माघ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्वमूल्यांकन फारम भर्ने म्याद माघ ५ गतेसम्मका लागि थप गरेको छ ।

आयोगले चिकित्सा शिक्षाका विभिन्न विधामा स्नातक तहको अध्यापन गर्ने शिक्षण संस्थाको सिट निर्धारण र प्रत्यायनसम्बन्धी कार्यका लागि अनलाइन स्वमूल्यांकन फारम भर्ने मिति पुस २६ गते सम्मका लागि रहेकोमा आजदेखि माघ ५ गतेसम्मका लागि थप गरेको हो ।
 
आयोगका उपसचिव सीताराम कोइरालाले बुधबार सूचना जारी गर्दै आयोगले केही शिक्षण संस्थाहरुले फारम भर्नुपर्ने जानकारी नभएको, फारम गर्न कठिनाई भएको, विवरण्ण सम्पादन गर्नुपर्ने कारण सहित म्याद थप गर्न लिखित निवेदन दिएको भन्दै माघ ५ गतेसम्मलाई म्याद थप गरेको बताए ।

उनले मापदण्ड तथा प्रत्यायन निर्देशनालयको पुस २९ गते बसेको बैठकले माघ १ गते बिहान १० बजेदेखि माघ ५ गते साँझ ५ बजेसम्मलाई म्याद थप गर्ने निर्णय गरेको बताए ।

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts