प्राकृतिक चिकित्सा पद्धतिबाट सेवा दिँदै आएको सुस्वास्थ्य हस्पिटल छैठौं वर्षमा प्रवेश



Download our app to get more features

काठमाडौं, १ माघ । सुस्वास्थ्य हस्पिटल छैठौं वर्षमा प्रवेश गरेको छ ।

औषधिविहीन उपचारपद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ गतेदेखि सेवा सुरु गरेको अस्पताल बिहीवारखि छैठौँ वर्षमा प्रवेश गरेको हो ।

नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित अस्पतालले नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । 

स्थापनादेखि हालसम्म १० हजारभन्दा बढी बिरामीको सफल उपचार गरिएको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले बताए । 

अस्पतालमा नसा च्यापिएको बिना अपरेसन पचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेका छन् । 

उनका अनुसार नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको छ ।

अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान पनि गर्दै आएको छ । 

त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको छ । 
काठमाडौँको मीनभवनमा रहेको अस्पतालले देशका विभिन्न १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

सुस्वास्थ्य हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रलाई विस्तारित रुप हो । आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको छ । अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत छन् ।

Last modified on 2021-01-14 16:38:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts