थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित पुरुषको संख्या १ लाख ७५ हजारभन्दा बढी



Download our app to get more features

काठमाडौं, १२ माघ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७० हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ८ सय ५८ पिसिआर परीक्षण गर्दा थप ३ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार नयाँ थपिने संक्रमितमध्ये १ सय ३३ जना महिला र २ सय ६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ ।

संक्रमितमध्ये महिलाको संख्या ९४ हजार ४ सय १० रहेको छ भने पुरुष संक्रमितको संख्या १ लाख ७५ हजार ३ सय ७९ रहेको छ ।

यस्तै गत २४ घन्टामा थप ४ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव १ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० रहेको छ । 

Last modified on 2021-01-26 06:07:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts