भरतपुर केन्द्रीय अस्पतालमा आजदेखि आँखा रोग उपचार सेवा सुरु हुँदै



Download our app to get more features

चितवन, ६ माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा आजदेखि आँखा रोग उपचार सेवा सुरु हुँदैछ ।

सोमवारसम्म आवश्यक तयारी पुरा भएकोले मंगलबारदेखि ओपिडी सेवा सुरू गर्न लागिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनका अनुसार आज बिहान ११ बजे सेवा शुभारम्भ गरिने छ । उनले अपुग भएका स्रोत र साधनलाई थप्दै लैजाने बताए ।

नियमित रूपमा आँखा जाँच गर्नुपर्ने प्रेसर, सुगरलगायतका बिरामीलाई अब साधारण उपचारको लागि अन्य अस्पताल पठाउनु पर्ने बाध्यता टरेको डा. तिवारीले बताए । 

यसअघि आँखाको सामान्य उपचारमा लागि समेत बाहिर पठाउनुपर्ने अस्पतालको बाध्यता थियो । अहिले सामान्य उपचारबाट सुरू गरिएको भएपनि यसलाई विस्तार गर्दै विशिष्ट सेवा समेत दिने योजनामा रहेको मेसु डा. तिवारीले जानकारी दिए ।

अहिले आँखा उपचारका लागि अस्पतालमा दुईजना चिकित्सक रहेका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार केन्द्रीय अस्पतालमा सबै खाले सेवा उपलक्ष्य हुनुपर्ने व्यवस्था छ । 

नेपालको मध्य भागमा अवस्थित यस अस्पतालमा भएका सेवा विस्तारले धेरै सर्वसाधारण लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

Last modified on 2021-01-21 09:05:17

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts