तनावमा हुनुहुन्छ ? अपनाउनुस् यी आयुर्वेदिक उपचार 



Download our app to get more features

तनाव हाम्रो शरीरमा हुने एक सामान्य प्रक्रिया हो । जब हामी कुनै संकटमा हुन्छौं तब हाम्रो मानसीक सन्तुलन बिग्रन्छ र हामी थकान, रिस र खानामा अरुची हुने र एक्लै बस्न मन लाग्छ । त्यति मात्रै होइन बेला बेला हुने विभिन्न गतिविधि जो तपाईंको जीवनसँग सम्बन्धीत हुन्छ त्यसले पनि तपाईंमा तनाव उत्पन्न गराउन सक्छ । तनावसंग जोडिएको चुनौतिको सामना पनि एक हदमा पुगेपछि त्यही तनाबले शरीरिक स्वास्थ्यमा गम्भीर प्रकारका समस्या निम्त्याउँछ । 

वर्तमान अवस्था कोरोना महामारीको हो । कोरोनाको सुरुवातदेखि नै मानिसमा तनाव उत्पन्न हुने र कतिजना त डिप्रेशनमा गएका पनि छन् । कोरोना महामारीका कारण कतिपयले जागिर गुमाए, अध्ययन प्रभावित भयो, घरमै बस्दा वा साथीभाईसँग भेट्न नपाउँदा पनि मानिसहरुमा तनाव उत्पन्न भएको छ । जुन चिन्ताको विषय रहेको विज्ञहरु बताउँछन् ।

तनाव कम गर्न मानिसहरुले विभिन्न उपायहरु अपनाउन सक्छन् र अपनाउँछन् पनि । तीनै मध्येको एक आयुर्वेद उपचार पद्धतिमा पनि विधिहरु छन् । मानसिक, भावनात्मक र शारीरिक लगायत अलग अलग किसिमका तनावलाई अलग अलग प्रकारले उपचार गर्नुपर्ने आयुर्वेदमा उल्लेख छ ।

आयुर्वेदका अनुसार मानसिक तनाव मस्तिष्कको चाहिने भन्दा बढि प्रयोग र दुरुपयोग गर्या भने हुन्छ ।

यदि तपाईं धेरै समय आवश्यक भन्दा बढि कम्प्युटरमा बस्नु भयो भने मानसिक कार्य क्षमता, शक्ति र मस्तिष्कसँग जोडिएको प्राणवायु तत्वमा असन्तुलन पैदा हुन्छ । 

के के हुन् तनावका लक्षणहरु ?
मानसिक लक्षण :

  • स्मरणशक्तिमा समस्या
  • एकाग्रतामा कमी
  • कुनै कुरा ठम्याउन समस्या
  • नकरात्मक सोचमा वृद्धि
  • निरन्तर चिन्ता

भावनात्मक लक्षण :

  • व्यवहारमा परिवर्तन
  • छटपटी  र अनियन्त्रित रिस
  • बेचैनी र विश्राम गर्न नसक्ने
  • सँधै हारेको अनुभव
  • एक्लोपनको महशुस
  • डिप्रेसन वा वितृष्णा बढ्नु

शारीरिक लक्षण :

  • पिडा वा दुखाईको अनुभव
  • कब्जियतको समस्या
  • चक्कर वा कमजोर महशुस
  • यौन रुची घट्नु
  • निरन्तर चिसो लाग्नु
  • खानामा अरुची तथा खाएको कुरा अपच हुनु
  • मुटुको चाल बढिरहनु

स्वभावसँग जोडिएको लक्षण :

  • आवश्यकभन्दा कम की बढि खाने र सुत्ने ।
  • अरुसँग धेरै नबोल्ने र बोलेमा अनावश्यक झर्किने । 
  • आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने ।
  • आरामको लागी मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा लिने ।

कसरी छुट्कारा पाउने ?

  • नकरात्मक सोचलाई त्याग्नुहोस्
  • मदिरा, चुरोट या अन्य नशालु पदार्थको सहारा नलिनुहोस्
  • ठुला ठुला निर्णय नगर्नुस र अरुसँग सल्लाह माग्नुहोस्
  • दैनिक कम्तिमा ८ घण्टा सुत्नुहोस्
  • रातको १० बजे अगाडी निदाउने प्रयास गर्नुस् ।

के के आयुर्वेदिक औषधि सेवन गर्ने त ?

  • दैनिक गाईको तातो दुधमा कम्तिमा ५ दाना बदाम मिलाएर पिउनुुस् वा मह र १ ग्राम कालो मरिच घोलेर दैनिक २ पटक पिउनुस् ।
  • निधारमा नीमको पात वा अदुवासंग दुध मिसाएर बनाइएको लेप लगाएर कम्तिमा १ घण्टा दैनिक उत्तानो परेर निदाउनुस् ।
  • क्षीरबाला तेल, धन्वन्तरी तेल वा नरिवलको तेलले पुरै शरीर मालिस गर्नुस् ।
  • दैनिक खानासँग लस्सीमा ग्लुकोज मिसाएर पिउनुस् ।
  • तनाव बढेको महशुस गर्नुभयो भने अँध्यारो कोठामा गएर करिब आधा घण्टा विश्राम गर्नुस ।
  • तपाईं तनाव कम गर्न आजै देखि आफ्नो खानपान र दैनिक अभ्यास माथि भने अनुसार गर्नुस् । यदि संधै तनावलाई बोकेर हिँड्नुभयो भने मुटु रोग, पेप्टिक अल्सर, क्यान्सर  लगायत गम्भीर प्रकारको मानसिक रोगले तपाईंलाई सताउने निश्चित छ ।
Last modified on 2021-01-21 09:02:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts