आयुर्वेद औषधि उत्पादक संघमा नयाँ नेतृत्व



Download our app to get more features

काठमाडौं, २२ भदौ । नेपाल आयुर्वेद औषधि उत्पादक संघमा मानबहादुर साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

सोमबार सम्पन्न छैटो अधिवेशनले संघको उपाध्यक्षमा उपाध्यक्ष डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिव सुमनप्रसाद पाण्डेय, सचिव पिताम्बर आचार्य‚ कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवं सहकोषाध्यक्षमा डा. सुमन पौडेललाई निर्विरोध चयन गरेको हो।

१३ सदस्यीय कार्यसमितिका सदस्यमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन्।  संघको नेतृत्व प्रत्येक दुई वर्षमा परिवर्तन गर्ने संघको विधानमा प्रावधान छ।

Hamro Doctor
Last modified on 2021-09-07 09:57:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts