आयुर्वेद चिकित्साले कोरोनाको उपचार हुन्छ भन्नु भ्रामक समाचार : महानिर्देशक डा. उपाध्याय 



Download our app to get more features

काठमाडौं, २१ साउन । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद चिकित्सा पद्धतिले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको उपचार हुन्छ भन्नु भ्रामक कुरामा नलाग्न आग्रह गरेको छ ।

विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कोरोना महामारीको उपचारका लागि आयुर्वेद राम्रो विकल्प रहेको र मानिसहरु कोरोना संक्रमणपछि निको हुने गलत र भ्रामक कुरामा नलाग्न आग्रह गरेका हुन् ।


हाम्रो डाक्टर न्युजसँग कुराकानी गर्दै डा. उपाध्यायले आयुर्वेद चिकित्साले कोरोनाको सत प्रतिशत उपचार सम्भव भएको भन्दै  केही व्यक्तिहरूले  आयुर्वेद चिकित्साको बदनाम गरिरहेको बताए ।

आयुर्वेद औषधिले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएतापनि रोगको उपचार नै हुन्छ भन्नु गलत भएको डा. उपाध्यायले टिप्पणी गरे । 

’आयुर्वेद औषधिले कोरोनाको शत प्रतिशत उपचार गर्छ भन्नु गलत हो’ उनले भने । 

आयुर्वेद चिकित्साले नेपालमा  कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको उपचार तथा नियन्त्रणमा केही हदसम्म भने सफलता प्राप्त गरेको छ । 

नेपाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना भाइरस संक्रमणको उपचार तथा नियन्त्रणको लागि किर्तिपुर अस्पताल, दाङ, वुटवल, नरदेवी अस्पतालमा आइसोलेसनमा बसेका बिरामीहरुलाई प्राकृतिक चिकित्सा, होमियोप्याथी, औषधि, योगाभ्यास मार्फत उपचार गरिएको डा. उपाध्यायले बताए  । 

हाल नेपालमा आयुर्वेद औषधिको प्रभावकारिताको लागि एन.एच.आर.सी. मार्फत अनुसन्धान भइरहेको महानिर्देशक डा. उपाध्यायले जानकारी दिए । 

सामाजिक सञ्जालमा आयुर्वेद चिकित्सालाई लिएर गलत प्रचार प्रसार नगर्न डा. उपाध्यायले हाम्रो डाक्टर न्युजमार्फत सबै सञ्चारमाध्यम र व्यक्तिहरूलाई अनुरोध समेत गरेका छन् ।

Last modified on 2021-08-06 09:37:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts