हृदयाघातबाट आयुर्वेद चिकित्सक डा. कोइरालाको निधन



Download our app to get more features

काठमाडौं, १ भदौ । वरिष्ठ आयुर्वेद चिकित्सक डा. ऋषिराम कोइरालाको हृदयाघातका कारण निधन भएको छ । उनी आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष पनि हुन् । 

कोइरालालाई हृदयाघात भएपछि गंगालाल अस्पताल लगिएको थियो । त्यसपछि थप उपचारका लागि ह्याम्स अस्पतालमा लगिएको उनको उपचारको  क्रममा मंगलबार दिउसो १ बजे  निधन भएको हो । 

आयुर्वेद हेल्थ होमले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै संस्थापक डाइरेक्टरको मृत्युले अपूरणिय क्षति भएको बताएको छ । 

हेल्थ होमले लेखेको छ,'यस आयुर्वेद हेल्थ होमका संस्थापक मेडिकल डाइरेक्टर, राष्ट्रिय एवं अन्तरराष्ट्रिय रूपमा ख्याति प्राप्त, बहुआयामीक प्रतिभाका धनी, मृदुभाषी, मिलनसार, आयुर्वेद क्षेत्रका अग्रज, गुरु, पथप्रदर्शक, श्रध्देय डा ऋषी राम कोईरालाज्यूको आज मिति २०७८।०५।०१ गते अपरान्ह १ वजे ६३ वर्षको अल्पायुमा असामयिक निधन भएकोमा हामी अत्यन्त मर्माहत भएका छौं ।'

 

Hamro Doctor
Last modified on 2021-08-17 17:47:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts