चितवनमा कोरोना संक्रमितको संख्या ६५ सय नाघ्यो, १ सय २ जनाको मृत्यु



Download our app to get more features

चितवन, २६ पुस । चितवनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या ६ हजार ५ सय नाघेको छ ।

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतवार दिउँसोसम्म जिल्लाभर ६ हजार ५ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये जिल्लाभर अहिलेसम्म छ हजार एकसय ९८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो निको हुने दर कुल संक्रमितको ९४ दशमलव ७२ प्रतिशत हो ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी छन् भने इच्छाकामना गाउँपालिकामा सबैभन्दा कम छन् । भरतपुर महानगरपालिकामा मात्रै चार हजार छ सय ९५ जनामा संक्रमण देखिएको हो । त्यसमध्ये चार हजार चार सय ३९ जना निको भइसकेका छन् । त्यस्तै भरतपुरमा मात्रै एकसय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरि रत्ननगर नगरपालिकामा ७ सय ६८ संक्रमित मध्ये ७ सय ३४ जना निको भएका छन् । राप्ती नगरपालिकामा ३ सय १५ संक्रमित मध्ये दुई सय ९९ जना निको भएका छन् । खैरहनी नगरपालिकामा ४ सय २ संक्रमित मध्ये ३ सय ८६ जना निको भएका छन् । कालिका नगरपालिकामा एकसय ८८ संक्रमित मध्ये एकसय ७९ जना निको भएका छन् । माडी नगरपालिकामा एकसय ३६ संक्रमित मध्ये एकसय २५ जना निको भएका छन् । त्यस्तैगरी इच्छाकामना गाउँपालिकामा ३९ संक्रमित मध्ये ३६ जना निको भएका छन् ।

चितवनमा संक्रमित हुनेमा महिलाभन्दा पुरूष बढी छन् । अहिलेसम्म ३ हजार ९ सयजना पुरूष र २ हजार ६ सय ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म एकसय दुई जनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ५५ प्रतिशत हो । मृत्यु हुनेमा ६२ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ४० जना जिल्लाका अन्य पालिकाका छन् ।

त्यस्तैगरी जिल्लामा आइतवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या २ सय ४३ रहेको छ । त्यसमध्ये २ सय १९ जना होम आइसोलेसन र २४ जना अस्पताल भर्ना भई उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनमा अहिले  संस्थागत आइसोलेसन भने खालि छन् ।

चितवनमा सातवटा स्थानीय तह मध्ये चारवटामा सक्रिय संक्रमितको संख्या दशभन्दा कम छ ।

ती स्थानीय तहमा राप्ती नगरपालिकामा ८, खैरहनी नगरपालिकामा ६, इच्छाकामना गाउँपालिकामा २ र कालिका नगरपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, रत्ननगर नगरपालिकामा २१ र माडी नगरपालिकामा १० जना सक्रिय संक्रमित रहेका छन् ।

Last modified on 2021-01-11 07:36:05

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts