भारतमा जनवरी १६ देखि खोप अभियान सुरु हुने   

पहिलो चरणमा ३० करोड नागरिकलाई लगाइने



Download our app to get more features

एजेन्सी, २६ पुस । भारतमा यही जनवरी १६ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ। खोप अभियान सुरु हुने मिति र खोपको प्राथमिकता शनिबार घोषणा गरिएको हो।

सबैभन्दा पहिला स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप दिइनेछ भने त्यसपछि ५० वर्षमाथिका र गम्भीर बिरामी रहेका ५० भन्दा कम उमेरका मानिसहरुलाई खोप लगाइनेछ । 

पहिलो चरणमा उच्च खतरामा परेका समूहका २७ करोड, १ करोड स्वास्थ्यकर्मी, २ करोड फ्रन्टलाइनमा खटिएका व्यक्तिहरुलाई खोप दिइने जनाइएको छ।

उनीहरुलाई २८ दिनपछि अर्को डोज खोप दिइने जनाइएको छ। भारतका कोभिशिल्ड र कोभाक्सिन खोपलाई अनुमति दिइएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts