बुटवल उप–महानगरपालिका १२ तामनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने



Download our app to get more features
Spark_health_home

रुपन्देही, १४ माघ । लुम्बिनी प्रदेशको बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने भएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवल उप–महानगरपालिका वडा नम्बर १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा उक्त प्रयोगशाला निर्माण हुने भएको हो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रयोगशाला भवनको एक समारोहका बीच शिलान्यास गरेका छन् । शिलान्यास गदै मन्त्री बरालले सामान्य प्रयोगशाला परीक्षणका लागि पनि काठमाडौँ जाने झन्झटबाट बिरामीले अब मुक्ती पाउने बताए ।

स्वास्थ्य सेवा सर्वसुलभ बनाउन प्रदेश सरकार लागि परेको मन्त्री बरालले बताए । मन्त्री बरालले भवन निर्माण सम्पन्न भएपछि कर्मचारी व्यवस्थापन लगाएतका काम मन्त्रालयबाट नै गरिने जानकारी दिए। कार्यक्रममा बुटवल उप महानगरपालिकाका उप–मेयर गोमा आचार्यले कोभिड महामारीको समयमा समुदाय नजिक प्रयोगशाला निर्माण हुनु खुशीको कुरा भएको बताइन् ।

उक्त प्रयोगशालाको भवन करिब एक बिगाहा क्षेत्रफलमा निर्माण हुन लागेको हो । आधुनिक र सुविधा सम्पन्न चार तल्ले भवन निर्माण हुने सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहले जानकारी दिए । उक्त भवन सन् २०२१ को सेप्टेम्बर सम्ममा सम्पन्न गर्ने गरी काम अघि बढाइएको  बताए । 

शिलन्यासकार्यक्रममा  प्रदेशस्वास्थ्य निर्देशक डा बिनोद गिरी प्रादेशिक प्रदेश जनस्वास्थ्य प्रयोगशालाका  निर्देशक रोशनलाल चौधरी लगायको सहभागी रहेको थियो । रुपन्देहीमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला हुने भएपछि राजधानी दाड जाने भएपनि प्रदेशका महत्वपुर्ण कार्यलय रुपन्देही हुनु खुसी भएको  स्थानिय मोहन पान्डेले बताए ।

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts