प्रणय दिवस

‘हग डे’: एक अर्कालाई अङ्कमाल गर्दा स्वास्थ्यलाई हुन्छ यस्ता फाइदा



Download our app to get more features

अहिले प्रणय दिवस मनाइँदैछ । विभिन्न चरणमा मनाइने प्रणय दिवस अन्तर्गत आज ‘हग डे’ अर्थात् अङ्कमाल गर्ने दिन हो । फेब्रुवरी महिनालाई प्रणय अर्थात् माया र प्रेमको महिनाको रुपमा लिने हुँदा यो महिना सबैका लागि निकै नै महत्त्वपूर्ण हुन्छ । 

प्रणय दिवस अन्तर्गत मनाइने ‘हग डे’ ले तपाईंको सम्बन्ध मात्रै राम्रो बनाउँदैन यसले तपाईंको स्वास्थ्यलाई पनि निकै फाइदा पुर्याउने काम गर्छ । अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्रोलिनाका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार ‘हग डे’ तपाईंको पार्टनरका साथै अभिभावक, भाई बहिनी, साथी सबैका लागि महत्त्वपूर्ण हुन्छ । किनकी ‘हग डे’ मा तपाईंले एक अर्कालाई अङ्गालो मारेर आफ्ना भावना दर्शाउन सक्नुहुन्छ भने यसले तपाईंलाई छुट्टै सुन्दर महसुस पनि गराउँछ । जसले तपाईंको स्वास्थ्यलाई पनि फाइदा हुन्छ । आज हामी तपाईंलाई ‘हग डे’ वा अङ्गालो मारेपछि स्वास्थ्यलाई हुने फाइदाका बारेमा बताउँदैछौं :

१) मुटुका लागि फाइदाजनकः युनिभर्सिटी अफ नर्थ क्यारोलिनाले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार अङ्कमाल गर्दा त्यसले शरीरमा लभ हार्मोन अक्सिटोसिनको स्तर बढाउँछ । जसले तपाईंको मुटुलाई स्वस्थ बनाउने काम गर्छ ।

२) रक्तचाप कम गर्छ : अध्ययनका अनुसार अङ्कमाल गर्नाले रक्तचाप पनि कम हुन्छ । कारण, शरीरमा उत्पन्न हुने अक्सिटोसिन हार्मोन हो । ५९ जनामा गरिएको एक अध्ययनमा जो मानिसहरुले आफ्ना पार्टनरलाई नियमित रुपले अङ्कमाल गर्दै आएका थिए उनीहरुमा रक्तचाप कम रहेको पाइयो ।

३) तनाव कम गर्छ : कुनै विषेश व्यक्तिलाई वा कसैलाई पनि तपाईंले आफूखुशी अङ्कमाल गर्नु हुन्छ भने त्यसले तपाईंको तनावलाई कम गर्छ । अध्ययनका अनुसार कुनैपनि विशेष व्यक्तिलाई अङ्कमाल गर्नाले स्ट्रेस हार्मोन कोर्टिसोलको स्तर कम हुन्छ । अङ्कमाल गर्नाले तनाव कम हुन्छ साथै मानिसको स्मरणशक्ति पनि बलियो हुन्छ ।

४) मूड फ्रेस हुन्छ : अध्ययनकर्ताका अनुसार अङ्कमाल गर्नाले मानिसको मूड पनि फ्रेस रहन्छ । जब तपाईं कसैलाई अङ्कमाल गर्नुहुन्छ अनि तपाईंको मस्तिष्कमा सेरोटोनिन हार्मोन अधिक मात्रामा उत्पन्न हुन्छ । जसले तपाईंको मूड फ्रेस राख्नमा मद्दत गर्छ साथै अङ्कमाल गर्नाले काम गर्ने क्षमता पनि बढेर जान्छ ।

५) रोग लाग्ने खतरा कम : झन्डै ४ सयभन्दा बढी मानिसमा गरिएको अध्ययनमा अङ्कमाल गर्नाले मानिसमा रोग लाग्ने खतरा कम हुन्छ भन्ने निष्कर्स वैज्ञानिकहरुले निकालेका थिए । जुन व्यक्तिलाई पार्टनर वा घर परिवार अथवा साथीहरुको सहयोग प्राप्त हुन्छ उनीहरुमा रोग लाग्ने खतरा कम हुन्छ ।

Last modified on 2021-02-13 12:06:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts