किन आवश्यक छ 'पेन क्लिनिक' ? यसो भन्छन् डा. रिजाल



Download our app to get more features

सामान्यतया जबसम्म पीडा असहनीय हँुदैन बिरामीहरु रोग लागेता पनि चिकित्सकसँग परामर्श लिन वा अस्पताल जान चाहदैन्न । तर, त्यही रोगका कारण दुखाई भएमा वा छटपटी भएमा वा जटिलता उत्पन्न भएमा बिरामी अस्पताल तुरुन्त आउन बाध्य हुन्छन् । अहिलेको अवस्थामा बिरामीहरुको गुनासाहरू मध्ये दुखाई सबै भन्दा प्रमुख गुनासोमा पर्दछ ।

दीर्घकालिन दुखाई र क्यान्सरको दुखाइ जस्तो अति नै पीडादायी दुखाईको उपचार आजको आवश्यकता बनेको छ । तर, यस्ता बिरामीको उपचार निकै नै चुनौतीपूर्ण छ । दुखाई निदानका लागि चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरुमार्फत् गरिने उपचार सामान्यतया अति नै पीडादायी दुखाई तथा दीर्घकालिन दुखाईहरुमा त्यती प्रभावकारी नभईरहेको अवस्थामा र त्यस्ता बिरामीहरुका लागि दुखाई निर्मूल सेवा (पेन क्लिनिक) एक महत्त्वपूर्ण एवं अन्तिम गन्तव्य हो भनेर बुभ्mनु आवश्यक छ ।

दीर्घकालीन दुखाईको विश्वव्यापी स्थिरता
 

            विश्व स्वास्थ्य संगठन अनुसार दुखाई  राहत मानव अधिकार हो

के हो पेन क्लिनिक ?
 पेन क्लिनिक प्रभावकारी दुखाई व्यवस्थापनको अन्तिम गन्तव्य हो जहाँ एक दुखाई व्यवस्थापनमा दखल राख्ने विशेषज्ञ चिकित्सक सहितको टोलीले दीर्घकालिन दुखाईका बिरामी वा अति नै पीडादायी दुखाई निर्मूल वा न्यूनिकरण गर्न आधुनिक प्रविधि सहितको औषधोउपचार गर्ने व्यवस्था गर्दछ । यसै क्लिनिकमा अन्यत्र ठीक नभएका दुखाई सम्बन्धी बिरामीलाई जीवन जीउने योग्य वा दैनिक कार्य गर्न सक्ने बनाउन सकिन्छ । यस क्लिनिकका चिकित्सक तथा सहयोगी चिकित्सकहरुले दुखाई निर्मूलका बहुआयामिक व्यवस्थापकीय दृष्टिकोण मार्फत सफलतापूर्वक उपचार गर्ने गर्दछ । यस प्रकारको पेन क्लिनिकमा विरामीको दुखाई मात्र नभएर दुखाईसँग सम्बन्धीत विविध पक्षहरु जस्तै शारीरिक, भावनात्मक, संज्ञानात्मक, व्यवहारिक, व्यावसायिक र सामाजिक पक्षको समेत रेखदेख तथा समाधान गर्ने गर्दछ । दुखाई निदान गर्न मात्र शरीरिक समस्या समाधान भएर हुदैन त्यसैले समान्य क्लिनिकहरु वा अस्पतालहरुमा गरिने उपचार त्यति प्रभावकारी भएको पाईदैन त्यसैले आजकाल पेन क्लिनिक दुखई निर्मुलको विकल्पको रुपमा खह्रो भएर अगाडी आएको छ । 

दुखाई व्यवस्थापनमा दखल खाख्ने विशेषज्ञ चिकित्सकले के गर्छ ?
दुखाई व्यवस्थापनमा दखल राख्ने विशेषज्ञ चिकित्सकको अन्तिम लक्ष्य भनेको दीर्घकालीन दुखाईले पीडित मानिसहरूलाई निको पार्नु, जीवन जीउने योग्य बनाउनु वा दैनिक कार्य गर्न सक्ने बनाउनुका साथै तिनीहरूको हेरचाह गर्नु हो । यसका अलावा उनीहरूको आत्मसम्मान समेत बढाउनु हो फलस्वरुप उनीहरू सामान्य व्यक्ति सरह जीवन बिताउन सक्दछन् भन्ने मान्यता यस्ता विशेषज्ञ चिकित्सकहरुमा हुन्छ ।

पेन क्लिनिकमा कस्ता बिरामीहरुको उपचार गरिन्छ ?
पेन क्लिनिकमा आउने करीब ३० प्रतिशत बिरामीहरु नशा सम्बन्धी दुखाई (न्यूरोपैथिक पेन सिन्ड्रोम र न्युरोल्जिक पेन) लिएर पेन क्लिनिकमा आउने गर्दछन् । पेन क्लिनिक मार्फत न्यूरोजेनिक र सिम्पेथेटिक नशाकोमाध्यमाबाट हुने दुखाई, जटिल क्षेत्रीय पेन सिन्ड्रोम (कम्प्लेक्स रिजनल पेन सिन्ड्रोम), पोष्ट हर्र्पेिटक न्युरालजिया (जनई खटिरा भए पछिको दुखाई), ट्राईजेमिनल एवम् पेरिफेरल न्यूरोपैथी) जसता रोगहरुबाट हुने दुखाईको प्रभावकारी उपचार गर्ने गरिन्छ ।

पेन क्लिनिकमा आउने अन्य विरामीहरुमा हड्डी तथा मांसपेसीको दुखाई पनि धेरै छन् । पेन क्लिनिकमा आउने करीब ५० प्रतिशत बिरामीहरु हड्डी तथा मांसपेसीको दुखाइका कारण आउने गर्दछन् । कम्मर वा पीठको दुखाई, घाँटी दुखाई, फेल्ड ब्याक सर्जरी सिन्ड्रोम, घुँडा र जार्नीहरूको दुखाई, फाइब्रोमायाल्जिया, मायोफेशियल पेन सिन्ड्रोम आदि समस्याहररुमा हड्डी तथा मांसपेसीको  दुखाई हुने भएकोले यस्ता समस्याहरुको समेत पेन क्लिनिकमा सफलता पूर्वक उपचार गर्ने गरिन्छ ।
 
यसका अलावा भास्कुलर दुखाईका कारण करीब ५ प्रतिशत बिरामी पेन क्लिनिकमा आउने गरेको एक तथ्याङ्कले देखाएको छ । भास्कुलर समस्याहरुमा परिधीय संवहनी रोग (पेरिफेरल भास्कुलर डिजिज), रेनाउड फेनामेनोन तथा टाउको दुख्ने समस्याहरु प्रमुख रुपमा लिईन्छ । 

यस्ता पेन क्लिनिकहरुमा फ्यान्टोम पेन तथा थयालेमिक पेन जस्ता केन्द्रीय दुखाई (सेन्ट्रल पेन ) का कारण करीब एक प्रतिशत बिरामी पेन क्लिनिकमा आउने गरेको पनि तथ्याङ्क छ ।

आजकल क्यान्सरको बढ्दो जेखिमका कारण क्यान्सरका बिरामी दिनानु दिन बढ्दै गएका छन् । फलस्वरुप यसबाट हुने दुखाईका बिरामीको संख्या पनि कम छैन् । करीब १२ प्रतिशत बिरामीहरु क्यन्सरको दुखाईका कारण पेन क्लिनिकमा आउने गर्दछन् । 

यसका अलावा महिलाहरुमा हुने तल्लो पेटको दीर्घकालिन दुखाई तथा असामान्य पीडा हुने अवस्थाहरु जस्तै एचआईभी, बच्चामा हुने र बृद्धाअवस्थामा हुने दुखाईहरुको समेत पेन क्लिनिकमा प्रभावकारी उपचार गर्ने गरिन्छ ।

अन्त्यमा दुखाई सामान्यदेखि निकै नै पीडादायी हुनसक्छ । तर सही व्यवस्थापन गरिएमा जीवन सहज बनाउन सकिन्छ । यसमा पेन क्लिनिकको औषधोपचार तथा विभिन्न प्रभावकारी आधुनिक पद्धतिको ( प्लेटलेट रिच प्लाज्मा, रेडिआफ्रेक्वेंसी एब्लेशन, ओजोन न्यूक्लिओल्य्सिस )  ठूलो भूमिका हुने सबैले बुझ्नु आजको आवश्यकता हो ।

Last modified on 2021-02-04 07:24:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts