महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै



Download our app to get more features

काठमाडौं,१९ मंसिर । स्वस्थ्य जीवनशैली हाम्रो आवश्यकता,संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भन्ने मूल नाराका साथ आज १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ । 

सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा  गरेको योगदान र उनीहरूको सम्मानमा यो दिवस मनाइँदै छ । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार हाल देशभर ५१ हजार ४ सय २३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । 

महाशाखाका जनस्वास्थ्य अधिकृत अनिषा अर्यालले अहिले उनीहरूले पाउने वार्षिक भत्ता, पोशाक खर्चहरूरु स्थानीय तहमा पठाउने गरेको  बताइन् । 

सरकारले प्रति महिला स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक पोशाक खर्च १० हजार, यातायात खर्च १२ हजार उपलब्ध गराउँदै आएको छ । 

दिवस मनाउनका लागि प्रति गाउँपालिकालाई १०, नगरपालिकालाई १५, उपमहानगरलाई २० र महानगरपालिकालाई २५ हजार उपलब्ध गराउने गरेको छ । 

यस वर्ष काठमाडौं र भक्तपुरबाट १० जना महिला स्वयंसेविकालाई सम्मान गर्न लागिएको अर्यालले बताइन् ।

Last modified on 2021-12-05 11:10:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts