भरतपुर अस्पतालको प्रवक्ता तथा सूचना अधिकारीमा वरिष्ठ बालरोग विशेषज्ञ डा. बसौला



Download our app to get more features
Spark_health_home

चितवन, २३ माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रवक्ता तथा सूचना अधिकारीको नयाँ जिम्मेवारी तोकिएको छ । 

सोही अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलालाई बिहीवारदेखि सो जिम्मेवारी दिईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिए ।

उनका अनुसार सुशासन (व्यबस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ३५ मा भएको व्यवस्था अनुसार अस्पतालको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन डा. बसौलालाई अर्को व्यवस्था नभएसम्मको लागि अस्पतालको प्रबक्ताको रुपमा कामकाज गर्ने जिम्मेवारी तोकिएको हो । 

साथै सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा भएको व्यवस्था अनुसार उनलाई अर्को व्यवस्था नहुँदासम्मको लागि अस्पतालको सूचना अधिकारीको समेत जिम्मेवारी तोकिएको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. तिवारी जानकारी दिए । केन्द्रीय अस्पतालमा स्तरोन्नती भएपछि यस अस्पतालमा पहिलोपटक प्रवक्ता नियुक्त गरिएको हो । केन्द्रीय अस्पतालमा प्रवक्ता राख्न पाउने व्यवस्था छ । 

डा. बसौला नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत खोपबाट हुन सक्ने संभावित अनपेक्षित घटना सम्बन्धमा व्यवस्थापन गर्नका लागि भरतपुर अस्पतालमा बनेको टोलीको संयोजक समेत हुन् ।

चितवनको भरतपुर महानगरपालिका २२ पटिहानी घर भएका डा. बसौला २०७३ साल वैशाखदेखि यस अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञको रूपमा कार्यरत छन् । उनी नेपाल पेडियाट्रिक सोसाईटीका केन्द्रीय उपाध्यक्ष समेत हुन ।

यसअघि अस्पतालको सुचना अधिकारीमा लीलाधर पौडेल रहेका थिए । उनले कोरोना कहरकाबीच लामो समय आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हालेका थिए ।

Hamro Doctor
Last modified on 2021-02-06 06:53:40

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts