दाङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु, मुख्यमन्त्री पोख्रेलले गराए पहिलो बीमा



Download our app to get more features

दाङ, ३ फागुन । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्र्तगत माघ ३० गतेदेखि दाङमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । 

स्वास्थ्य बीमा बोर्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई बीमा सदस्यताको कार्ड प्रदान गर्दै स्वास्थ्य विमा कार्यक्रम लागु गरेको हो ।

तत्कालिन सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । 

बीमा सदस्यता लिदै मुख्यमन्त्री शंकर पोख्रेलले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानिय तहका प्रमुखहरुलाई विषेश आग्रह गरेका छन । उनले भने “स्वास्थ्य बीमा कार्यक्रमले रोग लुकाएर बस्ने बाध्यताको अन्त्य हुनुको साथै उपचारमा हुदै आएको खर्च समेत घट्ने छ ।” 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विमा कार्यक्रमले नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गरेको बताएका बताउदै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य विमा कार्यक्रम ल्याईएका बताए । 

स्वास्थ्य बिमाको सदस्यताको लागि ५ जनासम्मको सदस्यलाई एक परिवारको इकाई निर्धारण गरेको छ । एउटा परिवारले वर्षको ३ हजार ५ सय रुपया प्रिमियम तिरेपछि वर्षभरिमा एक लाख बराबरको स्वास्थ्य सेवा लिन पाउछन् । यदि ५ जनाभन्दा बढि सदस्य परिवारमा भए १ व्यक्ति बराबर ७ सय रुपैयाँ थपिन्छ भने छ २ लाख बराबरको स्वास्थ्य सेवा लिन पाउछन् ।

अति गरिव, पूर्ण अपांगता, क्षयरोग तथा कुष्ठरोग र एचआईभी संक्रमितका साथै ७० वर्षभन्दा माथीका जेष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निशुल्क विमा गर्ने समेत गरिनेछ ।

बीमा कार्यक्रम अन्र्तगत सदस्यता दर्ता सहयोगीको छनोट प्रकृया र उनीहरुको तालिम दाङका सम्पूर्ण स्थानियतहमा सकिएको हुदा आजबाट सदस्यता दर्ता सुरु भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बशादुर शाहीले बताए । ‘आज फागुन ३ गतेदेखि सदस्यता दर्ता सुरु भएको छ” उनले भने ‘स्वास्थ्य बीमा सदस्यता लिएको ३ महिनापछि लागु हुने छ ।”

स्वास्थ्य बीमा गरेका सदस्यहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर, लमहि अस्पताल, श्रीगाँउ प्राथमिक स्वास्थ्य केन्द्र र स्युजा प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा लिन पाउने छन् स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले जानकारी दिए ।

Last modified on 2021-02-15 15:44:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts