चितवनका दुई स्थानीय तह कोरोना संक्रमणमुक्त, जिल्लाभर ६९ जना मात्रै सक्रिय संक्रमित



Download our app to get more features

चितवन, १५ फागुन । चितवनका सातवटा मध्ये दुई स्थानीय तह कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कालिका नगरपालिका समेत कोरोना संक्रमणमुक्त भएको छ । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामना भने गत माघ २१ गतेदेखिनै कोरोना संक्रमणमुक्त रहेको छ ।
 
यसैगरी जिल्लाका चारवटा स्थानीय तहमा सक्रिय संक्रमितको संख्या पाँचभन्दा कम छ । ती स्थानीय तहमा खैरहनी नगरपालिकामा ३, राप्ती नगरपालिकामा २, रत्ननगर नगरपालिकामा एक र माडी नगरपालिकामा चार जना सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच सबैभन्दा बढी सक्रिय संक्रमित रहेको भरतपुर महानगरपालिकामा ५९ जना छन् । यसरी जिल्लाभर शुक्रवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ६९ रहेको छ । त्यसमध्ये ५१ जना होम आइसोलेसन र ८ जना अस्पताल भर्ना भई उपचाररत् रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी शुक्रवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ हजार ८ सय ४६ पुगेको छ । संक्रमित हुनेमा चार हजार ५१ जना पुरूष र दुई हजार सात सय ९२ जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म ६ हजार ६ सय ६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म एकसय नौ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-02-28 09:26:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts