कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सिजेरियन सेवा सुरु



Download our app to get more features
Spark_health_home

बाजुरा, ७ फागुन । बाजुरा जिल्लाको विकट कोल्टीमा आज मुगु खत्याडा १० बाट आएकी २९ वर्षीय गर्भवती महिला निर्मला चदाराको पहिलोपटक सिजेरियन सेक्शन गरिएको छ। ट्रान्सभर्स पोजिसनमा रहेको बच्चा जन्माउन नसकी छट्पटिएर प्रसव पीडामा आएकी उक्त महिलाको सफल अपरेशन गरिएको हो।हवाईजहाज़ बाट नेपालगञ्ज जान ठिक्क परेका आमा र बच्चा दुवैको ज्यान स्थानीय साधन स्रोतमा नै जोगाउन सफल भए सँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट आएको टिममा हर्षोल्लास छाएको छ।

बाल रोग विशेषज्ञ डा. नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा. अर्जुन तिवारी र स्त्री, प्रसुती रोगमा विशेष अनुभव प्राप्त डा. दील शाही रोका,स्टाफ नर्स मुना देवकोटा, अनमी चन्दा कुमारी दानी,अनमी दाना जोशी,अनमी मनिषा रसाइली को संयुक्त पहलमा यो कार्य सफल भएको कुरा त्यहाँ कार्यरत डा. अच्युत शाली घिमिरेले बताए । 
यो सँगै नेपालगञ्ज, सुर्खेत लगायतका सुविधा सम्पन्न ठाउँ सम्म पुर्याउनुपर्दा हुने खर्च र गर्भवतीको स्वास्थ्य जोखिम समेत न्युनिकरण हुन सफल भएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिका बीच भएको सम्झौता अनुसार नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराईदै आएको कुरा नगरपालीकाका जनस्वास्थ्य निरिक्षक ओमजंग शाहीले बताए । 

तर यस सेवालाई थप विस्तार गर्न र निरन्तरता दिन थप चुनौति भने यथावत छ। संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान गरिब जनता र विकट गाउँहरुमा अझै लागु हुन सकेको छैन।काठमाडौंमा चोकै बिच्छे अस्पताल हुन हुने तर विकट जिल्लाहरुमा भएका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टर, औषधि र उपकरणको अभाव किनरु भन्ने प्रश्न गहन रुपमा उब्जिदै आएको छ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts