लुम्बिनी अञ्चल अस्पतालको स्तरवृद्धिका लागि ओ एन्ड एम सर्भे

What's This?


Download our app to get more features

बुटवल, ८ चैत । लुम्बिनी अञ्चल अस्पतालको स्तरवृद्धिको अन्तिम चरणको जानकारी लिन स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयको टोलीले स्तर उन्नतिका लागि संगठन तथा व्यवस्थापन (ओे एन्ड एम) सर्भे गरेको छ । 

अस्पतालको स्तरवृद्धिको तयारी अन्तिम चरणमा पुगेको बताउँदै उनीहरुले भौतिक संरचना, प्राविधिक जनशक्ति र अस्पतालको गुरुयोजनाबारे जानकारी लिएका हुन् । स्वास्थ्य मन्त्रालयका उपसचिव गजेन्द्रनाथ शर्माले अस्पतालको अवस्थाको आधारमा प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने जानकारी दिए । 

यसपटक स्तरवृद्धिका लागि ९५ प्रतिशत काम पूरा भइसकेको सरकारी अधिकारीले बताएका छन् । टोलीमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव नन्दराज ज्ञवाली र कृष्णप्रसाद सापकोटा सहभागी थिए । 

लुम्बिनी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले टोलीलाई अस्पतालको समग्र अवस्थाबारे जानकारी गराएका थिए । उनले १३ जिल्लाका दैनिक ८ सय देखि एक हजार ३ हजारसम्म बिरामी आउने भएकाले अस्पतालको स्तरवृद्धि जरुरी रहेको बताए । स्तरवृद्धि नभए अस्पतालले बिरामीको चाप धान्न नसक्ने जानकारी दिँदै अस्पतालका तर्फबाट यसका लागि कुनै कसर बाँकी नराखिने उनले  प्रतिबद्धता जनाइन् । 

भवन विभागबाट ८६ श्ययाको भवनका लागि अनुमति लिइसकेकाले अस्पतालसँग केही समयमै २०७ श्यया क्षमता हुने उनले जानकारी दिए । अस्पतालबाट गत वर्ष दुई लाखभन्दा बढी बिरामीले सेवा लिएका थिए । यो अस्पताल १०७ वर्ष पुरानो हो । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts