होलीमा जथाभावी रङ्ग प्रयोग गर्दा छाला बिग्रेला सावधान ! (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, ८ चैत्र। सद्भाव र रङ्गहरुको पर्वको रुपमा मनाइने होली पछिल्लो समय विकृत बन्दै गएको छ । जसका कारण बर्षेनी होलीमा प्रयोग गरीएको रङका कारण विभिन्न किसिमका रोगहरु देखा पर्न थालेका छन् ।

संस्कारको रुपमा वर्षौंदेखि मनाइदै आएको होलीमा सानो सावधानी नअपनाउने हो भने यसले घातक रोग पनि लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । 
बजारमा पाइने विभिन्न प्रकारका रङको प्रयोगले हाम्रो छालामा विभिन्न समस्या देखा पर्न सक्छ । त्यसैले रमाइलो र भाइचाराको रुपमा मनाइने होलीका कारण धेरै मानिसको छालामा समस्या देखा पर्छन् ।
गुणस्तरहिन र केमिकलयुक्त रङको जथाभावी प्रयोगले छालामा विभिन्न समस्या देखिने मात्र नभई क्यान्सरसमेत हुने सक्ने चिकित्सकहरु बताउँछन् । अझ होलीको बेलामा रङलाई तेल र पानीमा मिलाएर प्रयोग गर्दा अझ नकारात्मक असर पर्ने छाला रोग विशेषज्ञ डा. अनुपमा कार्की बताउँछिन् । 

पछिल्लो समय होली पर्वको नाममा फोहोर पानीको अत्याधिक प्रयोग हुने भएकाले पनि सद्भावको पर्व भन्दा पनि विकृत पर्वको रुपमा स्थापित हुँदै गएको छ । फोहोर पानीको अत्याधिक प्रयोग र मिसावटयुक्त रङको प्रयोगले छालामा एलर्जी हुने, खटिरा आउने जस्ता समस्या आउने छाला रोग विशेषज्ञ डा. सुशील पौडेल बताउँछन् । 

रङको प्रयोग गर्नुअघि मोस्चराइजर क्रिम र ओलिभ ओइललगायतका क्रिमहरुको प्रयोग गरेमा समस्या नहुने बताउँछन् । त्यसैगरी आफ्नो छालालाई सुहाउने क्रिमको प्रयोग गरेर मात्र रङ खेल्न चिकित्सकहरुको सुझाव छ । 


 

Last modified on 2016-03-21 18:51:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts