विश्व क्षयरोग दिवस

फोक्सोको क्षयरोगले गराउन सक्छ पक्षघात, रहौं सावधान



Download our app to get more features

फोक्सोमा हुने क्षयरोग समयमै निदान तथा उपचार नभएमा यसले मस्तिष्क तथा मेरुदण्डमा समेत प्रभाव पारेर प्यारालासीस बनाइदिने जोखिम उच्च हुने गर्दछ ।

यति मात्र नभएर यसले बिरामीलाई कोमामा लैजाने खतरा पनि उत्तिकै रहेको हुन्छ । क्षयरोग लागेका बिरामीमा लामो समयसम्म ज्वरो आउनुको साथै टाउको दुख्ने समस्या पनि चर्को रुपमा रहेको हुन्छ । यो एउटा संक्रमित रोग हो । भारतको लखनउस्थित केजीएमयूका न्यरोलोजिष्ट विभागका प्रमुख प्रध्यापक आर के गर्गका अनुसार क्षयरोग लाग्न नदिन तथा लागिसकेपछि निम्नानुसारको उपचार गरेमा पूर्णरुपमा निको हुन सकिन्छ ।

उपचार बीचमै नछोडौं
प्राडा गर्गका अनुसार सरसफाईमा ध्यान दिन नसकेमा पनि मानिसमा क्षयरोग हुने संभावना बढि हुनछ । जुन व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्दछ उसलाई क्षयरोगले छिट्टै समात्ने गर्दछ । क्षयरोगले रगतको माध्यमबाट शरीरको कुनै पनि भागमा आक्रमण गर्न सक्दछ । यसकारण उपचारलाई बीचमै छोड्न हुदैन् चिकित्सकको सुझावमा सबे औषधि सेवन गर्नुपर्दछ । 

हड्डी मक्किन सक्छन्
केजीएमका अर्थोपेडीक विभागका केन्द्रिय डाक्टर नरेन्द्र सिंह कुशवाहाका अनुसार  क्षयरोगको प्रारम्भिक लक्षणमा हल्का ज्वरो, भोक हराउने, तौल कम हुने लगायतका लक्षण देखा पर्ने गर्दछ । यस्तो अवस्थामा कम्मरको जुन भागमा दुखाइ छ त्यसको एक्स–रे गराउनुपर्छ । यसले हड्डीको क्षयरोग मेरुदण्डमा फैलिएको नफैलिएको बारेमा जानकारी दिन सहयोग गर्दछ । 

ज्वरो तथा टाउको दुखाइलाई वेवास्था नगरौं
प्राडा गर्गका अनुसार लगातार ज्वरो तथा टाउको दुखाई भएमा वेवास्था नगरी तुरुन्त चिकित्सककहाँ सम्पर्क गरिहाल्नुपर्छ । मस्तिष्क ज्वरो हो की अन्य ज्वरो हो सबैभन्दा पहिला पत्ता लागाउन जरुरी हुन्छ । यो अवस्था लामो समयसम्म जारी रहँदा पनि उपचार नपाएमा बिरामीको मस्तिष्कमा  पानीको प्रवाह कम हुँदै जान्छ र मस्तिष्कमा रहेका पानीका थैलीको आकार बढ्न थाल्दछ । यो अवस्थामा बिरामी कोमा जान सक्दछ । 
 

Last modified on 2021-03-25 06:50:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts