महामारीमा बीच मानवताः जब ८५ वर्षीय कोरोना पीडित बिरामीले ४० वर्षीय संक्रमितलाई बेड छाडिदिए...



Download our app to get more features
Spark_health_home

 एजेन्सी, १५ वैशाख । भनिन्छ, त्याग नै महानता हो । मानिसले आफ्नो जीवनकालमा धेरै कुरामा त्याग गर्छ । तर, अरुको ज्यान जोगाउन आफ्नो जीवनत्याग कमैले मात्र गर्छन ।

कोरोना महामारीले छिमेकी देश भारत आहत भएका बेला त्यहाँका एकजना ८५ वर्षीय वृद्धले एक युवा कोरोना संक्रमितलाई आफ्नौ शैया छाडिदिएर महानता दर्शाएका छन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाए अनुसार नागपुर, महाराष्ट्रका ८५ वर्षीय नारायण भाऊराव दाभाडकरलाई कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई ठिक नहुँदै त्यसै अस्पतालमा ४० वर्षका श्रीमान सहित महिला पुगिन । तर, ओछ्यान खाली नभएको कारण अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो । ती महिलाले डाक्टरहरूलाई गरेको आग्रह देखेर डाभडकरले अस्पताल प्रशासनलाई उनको ओछ्यान दिन अनुरोध गरे।

उनले भने-मैले आफ्नो जीवन बिताएको छु। म अहिले ८५ बर्षको भएँ। यस महिलाको लोग्ने जवान छन्। उनीसँग परिवारको जिम्मेवारी छ । यसकारण उसलाई मेरो ओछ्यान दिइनुपर्छ। डाभडकरको अनुरोधलाई मान्यता दिँदै अस्पताल प्रशासनले उनलाई एउटा कागजमा लेख्यो- म मेरो बिरामीको लागि मेरो ओछ्यान स्वेच्छाले खाली गर्दैछु। ८५ बर्षिय वृद्धले आफ्नो बेड दिएर ४० वर्षीय पुरुषको उपचार भयो । तर आफ्नो बेड दिएका ती वृद्धको तीन दिनपछि मृत्यु भएको छ ।

मृत्युवरण गरेका ती वृद्धाले जीवनको अन्तिम विन्दुमा गएर आधुनिक समाजमा मानवताको महानतम उदाहरण पेश गरेको भन्दै उनको चौतर्फी प्रशंसा भइरहेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts