कैलालीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु, एकैदिन ४ जनाको मृत्यु



Download our app to get more features
Spark_health_home

धनगढी, १६ वैशाख । कैलालीमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  

जिल्लाको गोदावरी नगरपालिकाकी ८७ वर्षीया ती महिलाको घरमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
 
केहिदिन अघि कोरोना संक्रमण पुस्टि भएकी ती महिलाको होम आइशोलेसनमा मृत्यु भएको उनले बताए ।
 
योसहित पछिल्लो २४ घण्टामा कैलालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
 
उता कञ्चनपुरमा पनि एकै दिन ३ जना संक्रमितको मृत्यु भइसकेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts