अस्पताल बन्द गराउने कर्मचारी र प्रहरीबीच झडप

What's This?


Download our app to get more features

चितवन, ९ चैत्र । चितवनमा प्रहरी र अस्पतालका मजदुर तथा कर्मचारीबीच झडप हुँदा ३० जना भन्दाबढी घाइते भएका छन् ।
अस्पतल प्रशासनले आफूहरुका मागहरु पूरा नगराएको भन्दै अस्पतालको बहिरंग सेवा बन्द गराउन खोज्ने मजदुर र प्रहरीबीच भएको भचmडप नियन्त्राण गर्ने क्रममा तीन् जना प्रह्री घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजको अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर संघ मूल एकाइ समितिले मंगलबार बिहान ८ बजे अस्पतालको बहिरंग सेवा बन्द गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा सामान्य झडप भएको हो ।
घाइते प्रहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ । चितवन मेडिकल कलेजमा कार्यरत मजदुर गत माघ २० गतेदेखि चरणबद्ध आन्दोलनमा छन् ।
उनीहरुलाई दिनहुँ नियन्त्रणमा लिएर प्रहरीले सेवा सञ्चालन गराउँदै आएको थियो । प्रहरीले बिहान नियन्त्रणमा लिने र साँझ छोड्ने गरेको थियो ।
समितिले श्रम ऐनअनुसारको तलब सुविधा दिनुपर्ने, सञ्चयकोषको व्यवस्था हुनुपर्ने, स्थायी नियुक्ति दिनुपर्ने, दसँैभत्ता दिनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।

 

Last modified on 2016-03-23 11:34:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts