बलिउड नायिका सोनाक्षीको फिट रहने यस्ता छन् रहस्य



Download our app to get more features

एजेन्सी । बलिवुडमा अभिनेत्रीहरुबीच जीम जाने र को बढी फिट देखिन्छ भनेर प्रतिस्पर्धा जस्तै चल्ने गरेको छ । चाहे त्यो बलिवुडमा आएका नयाँ पुस्ताका हेरोइन होस या पुरानो पुस्ताका सबैले आफूलाई फिट राख्नका लागि दिनरात मेहनत गर्ने र खानपानमा ध्यान केन्द्रीत गर्ने गरेका छन् ।

यसै क्रममा बलिवुड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो तौल कम गरेकी छन् । बलिवुडमा आउनुभन्दा पहिले सोनाक्षीको तौल ९५ किलो थियो । तर, बलिवुडमा आउने भएपछि उनले ३० किलो तौल कम गरिन । 

भारतमा कोरोना संक्रमणको दर बढ्दै गर्दा मुम्बई लगायत विभिन्न राज्यमा गरिएको लकडाउनको समयको सदुपयोग गर्दै सोनाक्षीले आफूलाई फिट राख्ने काम गरेकी छन् । आफूले गरेको वर्क आउटको तश्वीर उनले इन्स्टाग्राममा पोस्ट गरेकी छन् । जसमा उनको बडी थप स्लिम र फिट देखिँदैछ ।

सोनाक्षी सिन्हाले आफ्नो तौल कम गर्नका लागि उनले घरमै व्यायाम गरिन् र आफ्नो डाइटको पुरै ख्याल राखिन् ।

उनले आफ्नो इन्स्टा स्टोरीमा वर्क आउट गरेको भिडियोपनि सार्वजनिक गरेकी छन् । जसमा उनी विभिन्न व्यायाम गरिरहेको देख्न सकिन्छ । 

सोनाक्षी भन्छिन्, ‘एक्सरसाइज गर्नका लागि सँधै जिम नै जानु पर्दैन । घरमै पनि विभिन्न एक्सरसाइजहरु गर्न सकिन्छ । सबैको घरमा एक्सरसाइजन गर्ने साधन नहोला । तर, बिना साधन पनि एक्सरसाइज गर्न सकिन्छ ।’

मोटोपनाकै कारण सोनाक्षीलाई स्कुलदेखि नै सबैले जिस्काउने, मजाक उडाउने काम गर्थे । तर, तीनै मोटी सोनाक्षीको तौल घटेर अहिले सबैले उनको तारिफ गरिरहेका छन् ।

सोनाक्षीले तौल कम गर्नका लागि प्लांक्स, क्रन्चेज, स्विमिंग, स्क्वायट्स, पुसअप, स्किपिंग र प्यालेटेज लगायतका एक्सरसाइज गर्ने गरेकी छन् । दिनमा दैनिक ४५ देखि १ घन्टासम्म गर्नुपर्छ । खानामा रुची राख्ने सोनाक्षीले सबै प्रकारका खाना खाएपनि सन्तुलित र ताजा खानालाई बढी प्राथमिकतामा राख्छिन्. ।

ग्रीन टी, हट लेमन, उसिनेको अण्डा, हरियो सलाद, रोटी, गेडागुडी, फलफूल जस्ता खाना उनको हरेक जसो डाइटमा सामिल हुन्छ । 

योगा पनि उनको व्यायामको एउटा पाटो हो । जिमहरु बन्द भएपछि घरमै योगा गर्दा पनि तौल कम गर्न सकिने र मनलाई शान्त राख्न सहज हुने उनको भनाइ छ ।

जतिसुकै व्यस्त जीवनशैली भएपनि बिहान सबेरै उठेर व्यायाम गर्ने र प्रसस्त पानी पिउने उनको दिनचर्या नै बनेको छ । हुन त पछिल्लो समय बलिवुडका सेलिब्रेटीहरु खासै व्यस्त त छैनन् कोरोनाले गर्दा तरपनि आफूलाई बलिवुडमा हट फिगर मेन्टेन गर्नेमा सबैको ध्यान रहन्छ ।

बलिवुड अभिनेता शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हाले आफूलाई चुब्बी अभिनेत्रीबाट निकै नै स्लिम अभिनेत्रीको रुपमा स्थापित गराइसकेकी छन् । 

यसका साथै सोनाक्षीले आफूलाई फिट राख्नका लागि फुटबल, ब्याडमिन्टन लगायतका खेल पनि खेल्ने गर्छिन् । आफूलाई फिट राख्नका लागि व्यायमका साथै खानापानमा पनि विशेष ध्यान राख्नु पर्ने उनको सुझाव छ ।

फिट राख्नका लागि सोनाक्षीको टिप्स:

  • व्यायाम गरेर मात्रै तौल कम हुँदैन, त्यसैले व्यायामका साथै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।
  • सेतो परिकार विशेषगरी मैदानले बनेका खानेकुरा खानुहुँदैन ।
  • फ्रुट र ग्रिन भेजिटबल सलाद खानामा सँधै समावेश गर्नुपर्छ ।
  • बिहान उठेर २ गिलास मन तातोपानीमा कागती निचोरेर पिउनुपर्छ ।
  • बिहानको खाजामा ओट्स र उसिनेको अण्डा खानुपर्छ । त्यसपछिबीचको समयमा ड्राइफ्रुट खाए हुन्छ ।
  • बिहानको खानामा दाल, रोटी र तरकारी खानुपर्छ । कहिलेकाहीँ माछा र मासु खाँदा हुन्छ ।
  • दिउँसोको खाजामा फलफुलको सलाद र ग्रीन टी पिउनुपर्छ ।
  • बेलुकाको खानामा पनि सामान्य खाना खाने गर्नुपर्छ । जसमा दाल वा सुप हुन सक्छ ।
  • रातीको खाना ढिलो भन्दा साँझ ७ बजेसम्म खाइहाल्नुुपर्छ ।
  • बाहिरको खाना सँधै वा हप्तामा एकपटक खाने बानीलाई छोड्नुपर्छ । हेल्दी खाना खानुहुन्छ भने महिनामा एक पटकसम्म बाहिरको खाना खान सकिन्छ ।
Last modified on 2021-05-10 10:00:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts