गर्मीमा आलिया भट्टका फिटनेश सुत्रः शरीरलाई राखौं यसरी ताजा 



Download our app to get more features

एजेन्सी । आलिया भट्ट बलिउडमा बलियो उपस्थिति देखाउने नायिकमध्ये पर्छिन ।  करिअरमा अझै धेरै गर्न बाँकी उनले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेकी छिन् । आलियाजस्तै बलिउडका अभिनेत्रीहरु आफ्नो स्वास्थ्यप्रति धेरै नै संवेदनशील रहेको समाचारहरु आउने गर्छन । 

अभिनय गर्ने भएपछि फिटनेस र सौन्दर्यमा ध्यान नदिने कुरै भएन  । उनीहरु सौन्दर्य र स्वास्थ्यलाई ख्याल गदै आवश्यक नियमित दिनचर्याको पालना गरिरहेका हुन्छन् । बिहान उठ्ने, खाने, सुत्ने सबैको तालिका बनाएर बाँच्ने गर्छन । 

त्यसैले अलिउड अभिनेत्रीहरुको डाइटर्चाट देखि वर्कआउट सम्मका कुरा गसिपका रुपमा मिडियामा आउने गर्छन । 

आज आलियाको सौन्दर्य र फिटनेश राज थाहा पाउँ । उनमा फिटनेसको त एडिक्सन नै छ । उनी आफुले जानेको कुरा पालना गर्छिन र अरुलाई पनि सिकाउने गर्छिन् ।
गर्मी महिनामा फिट रहनका लागी आलियाले के गर्छिन ? 

आलिया गर्मीमा ताजा रहने प्रशस्त पानी पिउने, पेय पदार्थ बेला बेलामा पिउने साथै कम्तिमा पाँच लिटर पानी पिउँछिन् । यसले उनलाई ताजा अनुभव गराउँछ । साथै शक्ति, पनि मिल्छ । उनी भन्छिन् ‘यो इनर्जी मलाई धेरै आवश्यक छ । त्यती मात्र होइन, म पर्याप्त ताजा फल सेवन गर्छु । कागती पानी पनि सेवन गर्छु । यसका साथै शरीरलाई कुल राख्नका लागि दुधसँग तुलसीको बिज पनि सेवन गर्छु । यसले मलाई गर्मी अनुभव हुन दिँदैन ।’

गर्मीयाममा फिट एण्ड हेल्दी हुन आलियाका टिप्स 
आफुलाई हाइड्रेड राख्नुहोस् 

गर्मीमा शरीर अलि शिथिल भएको अनुभव हुन्छ । तर जतिसुकै गर्मी बढेपनि आफ्नो काम छाड्ने कुरा भएन । त्यसैले गर्मीमा ताजा र फुर्तिलो हुनका लागि प्रशस्त पानी पिउनुहोस् । यो राम्रो समाधान हो । पर्याप्त पानीले तपाईलार्इं गर्मीमा पनि फिट र फ्रेस राख्छ । शरीरलाई हाइड्रेड राख्छ । सादा पानी पिउन मन नलागे त्यसमा कागती मिसाइदिन सक्नुहुन्छ । आइस टि पनि राम्रो विकल्प हुनसक्छ ।
सजिलो लुगा लगाउनु होस्

गर्मीमा हल्का र ब्राइट कलरको लुगा ठिक हुन्छ । यस्तो लुगा लगाउनुहोस, जो स्टाइलिस देखियोस् । साथसाथै सजिलो पनि होस् । कुनैपनि काममा लुगाले असहज अनुभव नहोस् । हल्का लगाउनुहोस् । लिनन, मलमलको हल्का पहिरन उपयुक्त हुन्छ ।

स्विमिङ गर्नुहोस, जुम्बा जानुहोस्

गर्मीमा अल्छी लाग्छ । काम गर्न जाँगर चल्दैन । अल्छी भगाउने काइदा भनेको पौडी हो । पौडीले तपाईको अल्छीपन भगाइदिन्छ । गर्मीमा व्यायाम गर्न पनि नछाडौं । यसले आलस्य हुन दिँदैन । जुम्बा जानुहोस, व्यायाम गर्नुहोस् । अल्छी त्यसै भाग्छ ।

सन ग्लास लगाउनुहोस्
सन ग्लास त गर्मीमा लगाउनैपर्छ । यसले तपाईको लुक्स स्टाइलिस देखिन्छ । त्यतीमात्र होइन, आँखाको पनि बचाउ गर्छ । तपाईलाई शीतल अनुभव गराउँछ ।
 

Last modified on 2018-09-22 10:50:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts