विश्व सुन्दरी मानुषीको फिटनेस सिक्रेट !



Download our app to get more features

हालै मात्र विश्व सुन्दरीको ताज पहिरिएकी मानुषी छिल्लर चिकित्सा शास्त्रकी विद्यार्थी हुन् । सुन्दर, आकर्षक र बुद्धिमान हुनुका साथै मानुषी एक कुशल  नृत्यांगना पनि हुन् ।

भारतको हरियाणा राज्यमा जन्मेकी उनले आफ्नो सुन्दरता बाहेक स्वास्थ्यलाई पनि विशेष ध्यान दिने गर्छिन् । उनको बुझाई अनुसार मानिसको सुन्दरता नै सबै थोक होइन, स्वास्थ्यले सुन्दरता र व्यक्तित्वमा सबैभन्दा ठूलो भूमिका निर्वाह गर्छ । मानुषी भन्छिन्, ‘यदि स्वस्थ रहनु भएन भने तपाईंको सुन्दरतामा कमी आउँछ र आत्मविश्वास कम हुन जान्छ । त्यसैले स्वस्थ रहनका लागि विषेश ध्यान दिनुपर्छ ।’

विश्व सुन्दरीको ताज जित्नका लागि सुन्दरताका साथै स्वास्थ्यले पनि भूमिका निर्वाह गर्छ र आफू चिकित्सा क्षेत्रबाट जुडेकाले पनि फिट रहेको उनको भनाई छ ।

२० वर्षीया मानुषी फिट रहनका लागि के के गर्छिन् त ? जानौँ उनको फिटनेस सिक्रेट :

विश्व सुन्दरी मानुषी हप्तामा ४ देखि ५ दिन जिम जान्छिन् । त्यस बाहेक उनी फ्रि रनिङ, प्ल्यांक्स, स्किपिंग, स्ट्रेचिग र कार्डियो वर्कआउट पनि गर्ने गर्छिन् । यि सब व्यायामले उनको शरीरलाई बलियो बनाउनुका साथै फ्लेक्जिबल पनि बनाई राख्छ । शरीरलाई सही पोश्चर र राम्रो मसल्शका लागि उनी योग पनि गर्छिन् । यसले उनलाई शक्ति प्राप्त हुनुका साथै सँधै तरोताजा राख्नमा मद्दत  गर्छ । यि नियमितका व्यायामले उनलाई स्लिम बनाउनुका साथै फिट पनि राख्छ । त्यतिमात्र नभई मानुसीसँग अतिरिक्त समय भयो भने आफ्नो नृृत्य प्रैक्टिसलाई पनि निरन्तरता दिन्छिन्, जसले उनी अझ रिल्याक्स हुन्छिन् ।

यति धेरै व्यायामका लागि उनले आफ्नो खानपानमा पनि विशेष ध्यान दिने गरेकी छिन् । मानुषीले आफ्नो डाइटलाई ६ भागमा बाँटेकी छिन् । जुन प्रोटिन र फाइबरले भरिपूर्ण छ । उनले आफ्नो खानामा गुलियोलाई सकेसम्म टाँढै राख्छिन् ।

मानुषीले आफ्नो दिनको सुरुवात पानी वा कागती हालेको पानी पिएर गर्छिन् । विहानको खाजामा उनी ताजा दही वा फल, दाल, ओट्स वा ड्राई फ्रुट्स खाने गर्छिन् । त्यसैगरी उनले खानामा रोटी, भात, तरकारी र सलाद खाने गर्छिन् । यस्तै विभिन्न प्रकारका सलादको सौकिन मानुसी साँझको समय मौसमी तरकारीको सलाद खान रुचाउछिन् । त्यस बाहेक उनलाई सुप, ताजा फलको जुस पनि खान मन पर्छ । 

फिटनेशका साथै सुन्दर देखिन मानुसिलाई उनको प्रोटिनयुक्त खानाले पनि मद्दत गर्ने हुँदा उनी आफ्नो डाइटलाई लिएर सँधै सचेत रहन्छिन् ।

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-12-23 08:36:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts