कोरोना विरुद्धको खोप धनगढी पुग्यो, १६ हजार २ सय ९३ जनालाई लगाइने



Download our app to get more features

धनगढी, १२ माघ । संघीय सरकारले सुदूरपश्चिमका पठाएको कोरोना विरुद्धको खोप धनगढी पुगेको छ । 

आइतबार संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेरेटर भ्यानमार्फत प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरी कोरोना विरुद्धको खोप पठाएको थियो ।
  
उक्त खोप सोमबार धनगढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । 

प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ । 

पहिलो चरणमा  खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी नहुने बताइएको छ । यस्तै प्रदेश सरकारले कोरोना विरुद्धको खोप लगाउनका लागि १० वटा खोप केन्द्र समेत तय गरेको छ ।  

भारतले हालै अनुदानमा उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप संघीय सरकारले सुदूरपश्चिमका लागि पनि पठाएको हो । सुदूरपश्चिम कोरोना फैलिएको झण्डै ११ महिनापछि खोप आएको छ ।

Last modified on 2021-01-26 09:08:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts